बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • विप्लवद्वारा विभिन्न जिल्ला बन्द आह्वान, जनजिवन प्रभावित

विप्लवद्वारा विभिन्न जिल्ला बन्द आह्वान, जनजिवन प्रभावित

  • बिहिबार, फाल्गुन २३, २०७५
विप्लवद्वारा विभिन्न जिल्ला बन्द आह्वान, जनजिवन प्रभावित

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण दाङ, रोल्पा, प्यूठान, सल्यान र रूकुमको जनजिवन प्रभावित बनेको छ । नेकपा राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण यातायातका साधन चल्न सकेका छैनन् भने शिक्षण संस्था कलकारखाना पनि बन्द रहेका छन् ।

आफ्नो पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध गर्दै नेकपाले राप्ती बन्दको घोषणा गरेको हो । फागुन २० गते नेकपा रोल्पाका जिल्ला सदस्यहरु टीकाराम परियार, लालबहादुर विक, नृतेन्द्र सेनलाई प्रहरीले पक्राउ गरहेको थियो ।

त्यस्तै, २२ गते दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदीप वली, ईश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ गरिएका आफ्ना नेता तथा कार्यकर्तालाई बिना शर्त रिहाई नगरे थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनीसमेत नेकपाले दिएको छ ।

सरकारले लियो विप्लव पार्टीको नाम निशाना मेटाउने यस्तो नीति, देशभर सरकारका जासुस परिचालन, अब यस्तो अवस्था समेत हुने

मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन् ।

ललितपुरको बम विस्फोटपछि आलोचित सुरक्षा संयन्त्रले आफ्ना जासुस परिचालन गरी विप्लवलगायत सो दलका अन्य नेता रहेका स्थानबारे सूचना संकलन गरेको छ ।

यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

सुरक्षा निकाय संकलित सूचना प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा बुझाएर पक्राउ आदेशको पर्खाइमा छ। ‘माथिल्ला तहका नेताहरु कहाँकहाँ छन् भनेर हामीले दैनिक सूचना बुझाएका छौं, पक्राउ गर्न आदेश आयो भने हामी तयारीमा छौं’, उच्च सुरक्षा स्रोतले भन्यो ।

स्रोतका अनुसार विप्लव समूहका प्रायः सबै नेता देशका विभिन्न भागमा घुमिरहेका छन्। उनीहरु भारत जाँदै आउँदै गरेको पनि स्रोतले जनाएको छ।

देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक रणनीति तयार गर्न विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेलको भने भेटघाट भइरहने सुरक्षा स्रोतको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार