शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • केपी खनालले बनाउदै गरेको वालगृहका लागि ८४ हजार सहयोग

केपी खनालले बनाउदै गरेको वालगृहका लागि ८४ हजार सहयोग

  • बुधबार, फाल्गुन २२, २०७५
केपी खनालले बनाउदै गरेको वालगृहका लागि ८४ हजार सहयोग

बडीमालीका खबर
बाजुरा २२ फागुन
बाजुराको बुढीगंगा नगरपालिका–२ ब्रह्मतोलामा केपी खनाल द्धारा निर्माण भइरहेको अनाथलय आश्रमका लागि सहयोग जुट्ने कार्यले तिव्रता पाएको छ ।
अनाथ आश्रमका लागि बुधबार एक कार्यक्रमका बिच अर्घाखाँची घर भई हाल साउदी अरबमा कार्यरत अरुण बेल्बासेले सहयोग गरेका छन् । समाजसेवी पारिवारिक समाज नेपाल साउदी अरबका महासचिव समेत रहेका अरुण बेल्बासेले आफ्नो र आफ्नो छोरिको जन्मदिनमा लाग्ने खर्चलाइ अनाथ आश्रममा दिने अभियान सुरु गरेर ५० हजार कान्छा अभियान्ता केपि खनाल र सचिन पाण्डेको हातमा हस्तान्तरण गरेका छन् ।
त्यस्तै बुधबार अर्घाखाँची घर भई हाल जर्मनी बस्नुहुने शंकर शर्माबाट ३० हजार रकम हस्तान्तरण गरिएको छ । चितवन भरतपुरमा घरभइ हाल युएई बस्ने राम प्रसाद पौडेलबाट ४ हजार पाँच सय भवन निर्माण कार्यमा खर्च गर्ने गरी रकम हस्तान्तरण गरिएको संस्थापक गणेश बहादुर थापाले जानकारी दिनु भएको छ ।
“म बदलिन्छु अनि मेरो देश बदलिन्छ”भन्ने भाव सहित सानो उमेरमै सरसफाइ अभियान गरेर चर्चामा रहेका कान्छा सामाजिक अभियन्ता केपि खनालको नेतृत्वमा करिव पचास लाख बराबरको लागतमा बन्न लागेको छ । बाल आश्रम निर्माण कार्यका लागि सहयोगीहरु आइरहेको र अझै थप सहयोग हुदै आएकोले छिट्टै बालगृह हस्तान्तरण गर्ने कान्छा अभियान्ता खनालको भनाई रहेको छ । उनले बाल आश्रम निर्माण कार्यमा आर्थिक संकलन अभियानलाई सहयोग गर्नका लागि सहयोगी दाताहरलाई आग्रह गरेका छन् ।
जिल्लामा रहेका गरिव, असहाय र टुहुरा बालबालिकाहरुको शिक्षा र पालनपोषण गर्ने र निस्वास्र्थ भावनाले शैक्षिक वातावरणीय केन्द्र (कन्सर्न) बाजुरा नामक संस्था संचालन गरिएको संस्थाका अधयक्ष बहादुर थापाले बताएका छन् ।
अनाथालय आश्रममा हालसम्म १३ वटा बालबालिका रहेका छन् । उनीहरुलाई बस्ने भवन नभएका कारण स्थानीयहरुले निशुल्क भवन निर्माणका लागि जग्गा सहयोग गरेपछि हाल उक्त भवन निर्माण भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार