शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • डाेजर मालिकले ३ जिल्लाका जनप्रितिनिधिलाई जाँड सहित रात्रि भोज

डाेजर मालिकले ३ जिल्लाका जनप्रितिनिधिलाई जाँड सहित रात्रि भोज

  • बुधबार, फाल्गुन २२, २०७५
डाेजर मालिकले ३ जिल्लाका जनप्रितिनिधिलाई जाँड सहित रात्रि भोज

धनराज साउद अछाम

जेसिवी डोजर कम्पनीका मालिकले अछाम र बाजुरा जिल्लाका स्थानिय तहका जनप्रतिनिधिलाई रात्रि भोज आयोजना गरेको छ । मँगलवार जिल्ल्लाको साँफेबगरमा अवस्थित बुढिगँगा होटलमा जेसिवी डोजर कम्पनीले अछाम र बाजुरा र डोटिका जनप्रतिनिधीलाई रात्रि भोज दिएको हो । जेसिवि डोजर कम्पनीले अयोजना गरेको रात्रि भोज कार्यक्रममा अछाम, बाजुरा र डोटी जिल्लाका केहि जनप्रतिनिधि सहभागी थिए भने अधिकाँस जनप्रतिनिधि सहभागी थिएनन ।

साँझ ६ बजेका लागी निमन्त्रणा पठाईएकोमा कार्यक्रम केहि ढिला सुरु भएको थियो । कार्यक्रममा कम्पनीका उत्पादनका बिषयमा जनप्रतिनिधिलाई जानकारी गराईएको थियो । जेसिवी कम्पनिका उत्पादनहरुलाई स्थानिय तहका जनप्रतिनिधि मार्फत बजारीकरण गर्न उत्प्रेरित गर्न रात्रि भोज केन्द्रित रहेको कार्यक्रमका सहभागीले बताएका छन । स्थानिय तहले विकास निर्माणका लागी धमाधम डोजर खरिद गरिरहेका बेलामा जनप्रतिनिधिलाई रात्रि भोज खुवाउदै जेसिवी कम्पनीका डोजर खरिद गर्न प्रेरित गर्नु नै कार्यक्रमको मुख्य उद्धेश्य रहेको थियो ।

कार्यक्रममा प्रत्यक स्थानिय तहका प्रमुख,उप प्रमुख आईटि अफिसर,अधिकृत लगायतलाई निमन्त्रण गरिएको थियो । रात्रि भोजमा बिभिन्न परिकार सँगै पेय पदार्थको समेत व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागी भएकाहरु मदिरा पानमा समेत व्यस्त रहेको भिडियो तथा तस्विरहरु रेडियो बाननीगढीले फेला पारेको छ । स्थानिय तहका प्रमुख तथा उप प्रमुख कुनै निजि कम्पनीले व्यवासायीक प्रयोजनका लागी आयोजना गरेको कार्यक्रममा राति राति सहभागी भएको सार्वजनिक भए सँगै जनप्रतिनिधिको आलोचना हुन थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार