बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • टीकापुर घटनाको फैसला: सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

टीकापुर घटनाको फैसला: सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

  • बुधबार, फाल्गुन २२, २०७५
टीकापुर घटनाको फैसला: सासंद रेशम चौधरी सहित ११ जनालाई जन्मकैद

जिल्ला अदालत कैलालीले साढे तीन वर्ष पहिले टीकापुरमा भएको घटनामा सांसद रेशम चौधरी दोषी रहेको फैसला सुनाएको छ । घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासबाट बुधवार फैसला सुनाउदै घटनामा चौधरी दोषी भएको ठहर गरेको हो ।

थरुहट÷थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा झडप भएको थियो । त्यसक्रममा भएको ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरिएको थियो ।

गतवर्षको मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रेशम चौधरी कैलाली १ वाट निर्वाचित भएका थिए । निर्वाचित भएको १३ महिना पछि गत पुस १९ गते चौधरीले सांसद पदको शपथ लिएका थिए । जेलमा रहेका चौधरी शपथ लिएलगत्तै फेरि सांसदको लोगो लगाएर जेल गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार