शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • सरकारीवादी मुद्धा पैशाले मिलाउदै न्यायिक समिति

सरकारीवादी मुद्धा पैशाले मिलाउदै न्यायिक समिति

  • बुधबार, फाल्गुन २२, २०७५
सरकारीवादी मुद्धा पैशाले मिलाउदै न्यायिक समिति

प्रकाश सिंह, बाजुरा ।
बाजुराको स्वामिकार्तीक गाँउपालिका बस्ने एक अबिवाहित युवतीको एक जना विवाहित पुरुष सँग शारिरिक सम्बन्ध भयो । उनिहरु बाट बच्चा जन्मीयो । पहिला सम्बन्ध राम्रो थियो, बच्चा जन्मिएपछि तिनिहरुको सम्बन्ध टाढीयो । ति युवती न्यायको लागि गाँउ पालिकामा गुहार मागिन् । उनले न्याय पाँउ भन्दै जगन्नाथ गाँउपालिकाको उपाअध्यक्ष तथा न्यायिक समितिकि संयोजक एैना गिरी कहाँ पुगिन् । एैना गिरीको संयोजकत्वमा २ लाख रुपैयामा त्यो मुद्धा मिलाइयो । एैना गिरी जथन्नाथ गाँउपालिका कि न्यायिक समितिकि संयोजक हुन् ।
जिल्ला सरकारी वकील कार्यलयका वकिल नविन कुमार भट्टका अनुसार यो मुद्धा स्थानिय न्यायिक समितिले मिलाउन नपाउने बताए । यो गैर कानुनी हो, यो देवानि र फौजदारी दुबै प्रकृतिको मुद्धा हो पिडितले न्यायका लागि अदालत जानु पर्ने वताए । यस्ता मुद्धा मिलाउनेलाई समेत कार्यवाहि हुने उनले वताए । जगन्नाथ गाँउपालिकाकि उपाअध्यक्ष एैना गिरीले भने आफुलाई कुन मिलाउन पाँउछु या पाँउदैन कुनै जानकारी नभएको वताईन् । अन्य जान्नेमान्ने को सल्लाहमा उनिहरुको मुद्धा पैशा मिलाएको वताईन् । आफु कहाँ न्याय माग्न आईन्, दुबै पक्षलाई राखेर पैशामा सहमति गराएका हौ, आफु मात्र नभइ गाँउ पालिकाका जान्नेमान्ने सल्लाहमा मिलाएको बताईन् ।
त्यस्तै गौमुल गाँउपालिका बस्ने रमा रोकाया (नाम परीवर्तन) स्थानिय एक युवा वाट बल्तकारी बनिन् । उनि बाट बच्चा समेत जन्मियो । बच्चा जन्मिएपछि उक्त युवालाई लिन भन्दा उनले मानेन् । ति आत्माहत्या गर्नका लागि बुढिगंगा नदिमा हामफाल्न तयार समेत भईन् । गाँउलले तिनलाई सम्झाएर गाँउले नै न्यायको लागि जिल्लामा पुयाए । त्यहाँ केही गाँउका अगुवाहरु र अधिकारकर्मीको सक्रियमा ६० हजार रुपैया केटालाई तिराएर उक्त घटना मिलाउने काम भयो । र उक्क्त घटना पनि गुपचुमै राख्ने काम भयो ।
बाजुराकी बुढिगंगा नगरपालिका कि सुनालाई (नाम परीवर्तन) स्थानिय एकजना महिलाले ललाईफकाई आफ्नो देवर सँग बिहे गर्न लगाईयो । तर केटा चित्त नबुझेपछि उनलाई फेरी गाँउकै अर्को केटा सँग धामीझाक्री र गाँउका भद्रभलादमीलाई साचि राखेर जबरजस्ती बिहे गर्न लगाईयो । एक हप्ता पछि माइतीले सुना बन्दक बनाएर बिहे गरेको थाहा पाएपछि उनलाई उद्धार गरि उजुरीका लागि जिल्ला प्रहरी कार्यलयमा पुयाईयो । प्रहरी कार्यलयमा निबेदन दर्ता नहुदै केही महिला अधिकारकर्मी र गाँउका अगुवाको सहयोगमा ८० हजारमा उक्क्त अपराध मिलाएर गुपचुपमै राख्न लगाईयो । पैशामा मिलेपछि केटीलाई माईति पक्षले घरमा लगे । केटीका बुवाले भने सबैले मिल भनेर दवाफ दिए अर्को आफुहरुको मुद्धा लड्ने कोही नभएकाले, अर्को कानुनको कुनै जानकारी नभएकाले पैशा लिएर फिर्ता आएको वताए । सबै मिले आफुलाई निबेदन सम्म लेख्न आउदैन्, अनि के गर्नु बाध्य भएर मिलेको वुवाले वताए । अर्को आफुलाइ धम्काएको वताए ।
त्यस्तै बाजुराको अर्को घटना आफ्नै नातेदार बिच अनिच्छ गर्भ भएको घटना उजुरीका लागि प्रहरी कहाँ मार्तडी पुग्यो । तर उजुरी नगरि १ लाख ५० हजार गाँउका केही अगुवाका बिचमा मिलापत्र गरेर फिर्ता भए । केटीलाई गाँउ निकाला गर्ने र केटालाई ३ बर्ष सम्मका लागि देशनै निकाला गर्ने मौखिक सहमतिमा घटना मिलाए । अहिले केटी बच्चा पाएर अलपत्र अबस्था छीन् र केटा बिदेश गएको आफन्तले वताए । बाजुराको उत्तरी क्षेत्रकी धनसरा कडारा (नाम परीवर्तन) पनि एक महिना पहिला जबरजस्ति बल्तकारी भईन् । उनलाई पनि ७० हजार रुपैयामा मिलापत्र गराएर केटा भन्दा अलगै राख्ने काम भयो ।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन् । स्थानिय तहमा गठन भएका न्यायिक समितिलाई कस्ता कुन मुद्धा मिलाउने कुनै जानकारी छैन् । न्यायिक समितिले कस्तो प्रकृतिको मुद्धा मिलाउने स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ र २ प्रष्ट लेखेको छ, तर न्यायिक समितिलाई जानकारी समेत नभएको नागरिक अगुवा प्रेम बिकले वताए । न्यायिक समित प्रष्ट जानकारी नहुँदा गैर न्यायिक मिलापत्र बढदै गएको छ, जुन अदालतमा जानु पर्ने मुद्धा राजनितिक दवाफ र स्थानियको सहमतिमा मुद्धा मिल्दै आएका छन् ।
स्वामीकार्तिक गाँउपालिका उपाअध्यक्ष तथा न्यायिक समिति संयोजक निमा बुढाले भनिन् आफुलाई कानुन सम्बन्धि कुनै जानकारी नभएको वताईन् । उमेरले ६३ बर्ष पुगेकी उन्,ि आफ्नो नाम मात्र लेख्न जाँन्छन्, थर समेत लेख्न आउदैन् । आफ्नो तलब कति पाँउछु, महिले के काम गर्नुपर्छ कुनै जानकारी नभएको निमा बुढाले वताईन् । केही समस्या भएमा गाँउपालिका अध्यक्ष सँग सल्लाह लिएर काम गर्ने गरेको वताईन् । त्यस्तै हिमाली गाँउपालिका कि उपाअध्यक्ष चन्द्रकला बुढा पनि कानुन सम्बन्धि कुनै जानकारी नभएको वताउछन् । सामान्य साक्षर मात्र चन्द्रकला आफुले कुन मुद्धा मिलाउन पाउने जानकारी पनि छैन्, गाँउपालिका अध्यक्ष र अन्य सँग सल्लाहमा मुद्धा मिलाउने गरेको वताईन् ।
सरकाले न्यायिक समितिलाइ अर्धन्यायिक निकायका रुपमा लिएको छ । बाजुराका नो वटै स्थानिय तहमा न्यायिक समितिले के गर्न हुने के गर्न नहुने कुनै जानकारी नहुदा समस्या भएको छ । नागरिक समाजका शेर बहादुर शाहिले भने आफ्नो अधिकार के हो, कस्तो मुद्धा मिलाउन हो कस्तो मुद्धा अदालतमा पठाउने हो कुनै जानकारी नहुँदा न्याय सम्पादनमा समस्या भएको वताए । यि बल्तकार र जबरजस्ति करणका घटना सरकारीवादी मुद्धा हो । जुन पिडकका सवालमा सरकारले न्याय दिलाउनु पर्ने भएपनि शुदुरपश्चिममा भने पैशामा मिलापत्र हुने गरेका छन् । कानुन ब्यबसाहि गगन रावलले भने बाजुरा जिल्लामा जबरजस्तिकरण, बल्तकार घटना पैशामा मिलापत्र हुने गरेको सुनिन आएको वताएका छन् । यी सरकारीवादी मुद्धा बाहिर मिलाउन पाईदैन तर बाजुरामा भने धेरै बढेको कानुन ब्यबसायि गगन रावलले भने । पैशामा नमिले मात्र अदालतमा आउने गरेका छन ।
महिला माथि हिशां भएपछि बिभिन्न प्रभोलन, डर धम्कि देखाएर गाँउमै घटना मिलाउने गरेको अधिबक्ता भिम केसिले वताए । जुन गैर न्यायिक तरिकाले मिल्ने गरेका छन् । यो मिलाउन पाईदैन कानुन ब्यबसाहि भिम केसीले थपे । यसरी मिलापत्रले महिलाहरु झन पिडित बन्ने गरेको पाईएको छ । अर्कोतिर पैशा भएमा अपराध पनि लुक्छ, भन्ने विकास हुदै गएको जसका कारण महिला बढि जोखिम बन्ने गरेको पाईएको छ । यसरी मिलापत्रले महिलाहरु झन पिडित बन्ने गरेको पाईएको छ । अर्कोतिर पैशा भएमा अपराध पनि लुक्छ, भन्ने विकास हुदै गएको जसका कारण महिला बढि जोखिम बन्ने गरेको पाईएको छ ।
यसरी मिलेका घटनाले पिडित गाँउमा झनै पिडित हुने गरेका छन् । तिमि त यस्ती उस्ति भनेर समाजले नै हेप्ने गरेका छन्, जसले न्याय भन्दा अन्याय बढने गरेको बुढिगंगा नगरपालिका कि महिला अधिकारी मञ्चकी अध्यक्ष जानकी रावलले वताईन् । समाजमा बस्ने वातावारण हुदै घरपरिवार बाटनै हेप्ने काम हुन्छ, जसले गर्दा पिडित महिलाले गाँउ छोडेर जानु पर्ने जस्ता बाध्यता रहेको रावलले वताईन् । अर्को समाजमा पैशा भए जेगरेनी हुन्छ भन्ने संस्कार बढदै गएको पाईएको छ । घटनुको साटो यस्ता घटना दिनप्रतिदिन बढदै गएका छन् । गाँउमा वालविवाह, बहुविवाहका घटना पनि गाँउका अगुवाको रोहवरमा मिलापत्र हुने गरेका छन् । अधिकारको वकालतत गर्ने महिलानै यस्ता घटनामा बढि सक्रिय हुने गरेको नागरिक समाजकि सदस्य कमला कुमारि शाहले वताएकि छन् । जसका कारणले महिलाहरु झन जोमिमा हुदै गएको उनले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार