शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • महान नारी ! जस्ले सम्बन्धविच्छेद भएको २० वर्ष पछि पूर्व श्रीमान् बिरामी हुँदा दिइन् मृगौला

महान नारी ! जस्ले सम्बन्धविच्छेद भएको २० वर्ष पछि पूर्व श्रीमान् बिरामी हुँदा दिइन् मृगौला

  • बुधबार, फाल्गुन २२, २०७५
महान नारी ! जस्ले सम्बन्धविच्छेद भएको २० वर्ष पछि पूर्व श्रीमान् बिरामी हुँदा दिइन् मृगौला

काठमाडौँ । ‘डिभोर्स’ यो शब्द सुनेर नै चारैतर्फ नकारात्मकता छाउँछ । दुई व्यक्ति छुट्टिइरहेको देखिन्छ । कुनैबेला सँगै बाँच्ने सँगै मर्ने कसम खाएका व्यक्ति अलग्गिएको देख्छौं । जतिबेला सम्बन्धविच्छेदको खबर सुन्छौं तब यस्तो लाग्छ कि यी दुई व्यक्ति अब एकअर्काको दुश्मन भएका छन् । तर हरेक मामलामा यस्तो हुँदैन । थुप्रै पटक सम्बन्धविच्छेद पछि पनि श्रीमान्–श्रीमती राम्रा साथी भएर बस्छन् । दुबै श्रीमान्–श्रीमती सँगै त बस्दैनन् तर आवश्यकता पर्दा दुबैले दोस्ती निभाउँछन् । यस्तै भयो मेरी जेलगेर र बिल हेनरिचको बीचमा पनि ।

अमेरिकाको मिनेसोटोमा मेरी र बिल बस्छन् । जब दुई १४ वर्षका थिए तब एक–अर्कालाई डेट गर्न थाले । १८ वर्ष पुग्दा दुबैले विवाह गरे । तर जब दुई २४ वर्षका भए दुबैको सम्बन्धमा तित्तता छायो र दुबैले अलग्गिने निर्णय गरे । तर बच्चाहरुको हेरबिचार राम्रोसँग होस् भनेर उनीहरुले आफ्नो साथीको सम्बन्ध भने कायम राखे ।

सम्बन्धविच्छेदको २० वर्षपछि बिलका दुबै मृगौला खराब भयो । मधुमेहका कारण बिलको दुबै मृगौलाले काम गर्न बन्द गरेका थिए ।  बिलको मृगौलासँग मेल खाने थुप्रैको मृगौला परीक्षण भयो । तर कसैको पनि मृगौला मिलेन । बिल र मेरीकी छोरीको मृगौला म्याच भयो । तर उनीहरुका सन्तान साना थिए त्यसकारण मृगौला प्रत्यारोपण गर्न सकेनन् । त्यसपछि मेरीले आफ्नो मृगौलाको परीक्षण गराइन् । मृगौला म्याच भयो । अचम्मको कुरा के छ भने बिलको ब्लड ग्रुप दुर्लभ थियो तर पनि पूर्वपत्नीको मृगौला म्याच भयो । गत वर्ष अक्टोबरमा शल्यक्रिया भयो । अब बिल एकदम ठिक छन् ।

सम्बन्धविच्छेदको २० वर्षपछि पूर्व श्रीमानलाई मृगौला प्रत्यारोपण गरेर उनको जीवन बचाएकोमा मेरीको निकै चर्चा भयो । उनी भन्छिन्, ‘यदि मेरो कहानी सुनेर कुनै एक व्यक्तिले पूर्वपती र पूर्वपत्नीको विषयमा आफ्नो धारणा परिवर्तन गर्छ भने त्यो ठूलो कुरा हुनेछ । मेरो लागि त यो कुनै निर्णय पनि थिएन । मलाई कसैले फोन गरेर आफूलाई मद्दत चाहिएको छ भनेको भए पनि मैले यस्तै गर्थें होला ।’

नेपाल कुराबाट

चर्चामा

सम्बन्धित समाचार