बुधबार, जेष्ठ १६, २०८१
  • होमपेज
  • राजनीति
  • बिद्राेहकाे पक्षमा जहिल्यै काग्रेस अगाडी

बिद्राेहकाे पक्षमा जहिल्यै काग्रेस अगाडी

  • मङ्लबार, फाल्गुन २१, २०७५
बिद्राेहकाे पक्षमा जहिल्यै काग्रेस अगाडी

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ ।

काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गरेका छन् । उनले आन्दोलनमा घाइते भई उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार