बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भाइरल प्रभाबित क्षेत्रमा उपचार शुरु

भाइरल प्रभाबित क्षेत्रमा उपचार शुरु

  • मङ्लबार, फाल्गुन २१, २०७५
भाइरल प्रभाबित क्षेत्रमा उपचार शुरु

प्रकाश सिंह
बाजुरा, २१ फागुन
बुढीनन्दा नगरपालिका ३ नुरीको भाईरल प्रभाबति क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर उपचार गरिएको छ । गाँउका अधिकांश बिरामी भएको खबर पाएपछि औषधि सहित स्वास्थ्यकर्मीको टोली गाँउ पुगेको फेज नेपालमा कार्यरत अनमि सञ्जु कार्कीले वताएकि छन् ।
सोमबार पुगेको स्वाथ्यकर्मीको टोलीले १ सय ८ जनाको उपचार गरेको वताएको छ । ४८ जना पुरुष र ६० जना महिलालाई घर घरमा पुगेर चेक जाँच सहित उपचार गरेको अनमि कार्कीले वताईन् । उपचारका लागि गाँउमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बाट २ जना र फेज नेपाल बाट ३ जना गरि ५ जनाको स्वास्थ्यकर्मीको टोली गाँउमा पुगेको वडा नम्बर २ का अध्यक्ष राम बहादुर बोहोराले वताएका छन् । फेज नेपाल स्वास्थ्य क्षेत्रमा काम गर्ने गैर सरकारी संस्था हो ।
अनमि सञ्जु कार्कीले भनिन्, स्थानिय सिकिस्त विरामी भएको भेटायौ, सबैलाई उपचार गरेको उनले वताईन् । साथै गाँउमा रहेका अधिकांश भाइरल ज्वरोको संक्रमणमा परेको वताईन् । गाँउमा उपचार सँगै स्वास्थ्य शिक्षा पनि आबश्यक रहेको उनले वताईन् । स्वास्थ्य पहुँच बाट टाढा रहेको क्षेत्र हो । महिनाको एक पटक उक्क्त गाँउमा फेज नेपालले गाँउ घर क्लिनीक सञ्चालन गर्दै आएको छ ।
दिनहुँ चिसो बढे संगै नुरीमा एकसाता देखि भाइरलको बिरामी भएको बुढीनन्दा नगरपालिका वडा न ३ का अध्यक्ष रामबहादुर बोहोराले वताएका छन् । टाउको दुख्ने जरो आउने खोकीलाग्ने, आङ्गला गल्ने, खान मन नलाग्ने लगाएतका लक्षण देखापरेका छन । भाईरल जरोले गाउँका सवैजना दिनप्रतिदिन जरोले थला प्रर्न थाले पछि घरमा खान पाकाई खान समेत नसक्ने, पशुचैपाया समेत गोठमै राख्नुपर्ने अबस्था आएको स्थानियले दुखेसो गरेका छन ।
पुरै गाउँले विरामी हुदा स्वास्थ्य सस्थामा समेत ल्याउन नसकेको थियो गाँउमै स्वास्थ्यकर्मी पुगेर उपचार गर्दा निकै सहज भएको वडा अध्यक्ष रामबहादुर बोहोराले बताए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र बाट ६ घण्टा टाढा यो गाँउ पर्ने गरेको छ । चिसोका कारणले जिल्लाका अन्य ठाँउमा पनि बिरामी भएको स्वास्थ्यकर्मीले वताएका छन् । उत्तरी क्षेत्रका ४ वटा स्थानिय तहमा पनि केही दिन यताँ बिरामीको संख्या बढदै आएको स्वास्थ्य संस्थाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार