शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • सेनाका जवानले गरे आत्महत्या

सेनाका जवानले गरे आत्महत्या

  • मङ्लबार, फाल्गुन २१, २०७५
सेनाका जवानले गरे आत्महत्या

२५ नं बाहिनी कञ्चनपुरको भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले प्रारम्भिक अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । “आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाउँदैछौँ” उहाँले भन्नुभयो । के कारण आत्महत्या गरेको भन्नेबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का बासिन्दा रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस् : आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ | यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ |

शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ |जस्तै रोगहरु,लामोसमयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ | मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन | व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण,धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन |

समाजिक परिवेस : सामाजिक रितिरिवाज ,समाजलेगर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन | जस्तै कुमारीमै आमा बन्नु,बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि |

मुलधार पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार