शनिबार, अशोज ६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • नोबेल शान्ति पुरस्कार जस्ले कश्मिर विवाद समाधान गर्छ उस्लाई दिनुपर्छ : इमरान खान

नोबेल शान्ति पुरस्कार जस्ले कश्मिर विवाद समाधान गर्छ उस्लाई दिनुपर्छ : इमरान खान

  • मङ्लबार, फाल्गुन २१, २०७५
नोबेल शान्ति पुरस्कार  जस्ले कश्मिर विवाद समाधान गर्छ उस्लाई दिनुपर्छ : इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार आफू नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको बताएका छन् । स्थानीय नागरिकको चाहनाअनुसार कश्मीर समस्या समाधान गर्नेलाई व्यक्ति त्याे पुरस्कारका लागि योग्य हुने उनले स्पष्ट पारे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “म नोबेल शान्ति पुरस्कार पाउन योग्य छैन । त्यसका लागि योग्य त्यो हुनेछ जसले कश्मीरका नागरिकको इच्छाअनुसार कश्मीर विवादको अन्त्य गराउनेछ ।”

भारत र पाकिस्तानबीचमा तनाव बढिरहेका बेला पाकिस्तानको नियन्त्रणमा रहेको भारतीय विमान चालकलाई रिहा गरिदिएपछि इमरानलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न माग गर्दै अभियान नै चलाइएको छ । इमरानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने मागको पक्षमा झण्डै तीन लाखभन्दा बढी मानिसले हस्ताक्षर गरिसकेका छन् । द्वन्द्व थप बढेर हिंसा फैलिने अवस्था सृजना हुन नदिन इमरानले अनपेक्षित र प्रशंसनीय भूमिका खेलेको भन्दै आफ्नै देशका जनताले उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नु पर्ने मागसहितको अभियान चलाएका हुन् ।

देशभरि चलाइएको हस्ताक्षर अभियान र दबाबअनुसार पाकिस्तानका सूचना मन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्न संसदमा प्रस्ताव पनि दर्ता गराएका छन् । पाकिस्तानले नियन्त्रणमा लिएको भारतीय वायुसेनाका चालक अभिनन्दन वर्तमानलाई उहाँकै देशमा फिर्ता पठाएपछि विश्वव्यापीरुपमा प्रधानमन्त्री इमरानको प्रशंसा भएको छ । भारत प्रशासित कश्मीरको पुलवामामा फेब्रुअरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेको हो ।

हमलाको जिम्मा पाकिस्तानस्थित चरमपन्थी सङ्गठन जैश-ए-मोहम्मदको हात रहेको बताउँदै आएको छ भने भारतले त्यसमा पाकिस्तानी सरकारकै संलग्नता रहेको दाबी गरेको छ । त्यही दाब अनुसार भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेपछि पाकिस्तानले जवाफी कारबाही गर्दा भारतको एउटा लडाकु विमान खसालिदिएको थियो । त्यही विमानमा रहेका एक जना चालकलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो । तर ती विमान चालकलाई बिनाशर्त प्रधानमन्त्री खानले भारततर्फ नै फिर्ता पठाएपछि खानलाई नोबेल शान्ति पुरस्कार दिनु पर्ने विषय उठेको हो ।

चर्चामा

सम्बन्धित समाचार