बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • दुई बहिनि बिच्चलीमा (भिडीयो सहित)

दुई बहिनि बिच्चलीमा (भिडीयो सहित)

  • सोमवार, फाल्गुन २०, २०७५
दुई बहिनि बिच्चलीमा (भिडीयो सहित)

प्रकाश सिंह
बाजुरा, २० फागुन
बडिमालिका नगरपालिका ४ रिलामा दुई बहिनि बिच्चलीमा परेकी छन् । आमा र बुवाको मृत्यु पछि ७ बर्षिय जोती दमाई र ५ बर्षकि बिपना दमाई बिच्चलीमा परेको स्थानिय राधिका सिंहले वताएकि छन् ।
आमा मोतीकला दमाईको ४ बर्ष पहिले बच्चा पाँउने बेला मृत्यु भएको थियो, भने बुवा लाल दमाईको दुई महिना पहिला क्षयरोगका कारणले मृत्यु भएपछि दुई बहिनि बिच्चलीमा परेकी हुन् । अहिले ७० बर्षिय औला दमाई बज्यैको साहारामा बस्दै आएकि छन् । बुवाको उपचारको क्रममा भारतमा दुई महिना पहिला मृत्यु भएको थियो, आमाको त पहिला नै मृत्यु भइसकेको औला दमाईले वताईन् ।
आमा र बुवा दुबै नभएका यि बहिनि बिद्यालय समेत जादैनन्, दुबैको उमेर बिद्यालय जाने भन्दा बढि भइसक्दा सम्म पनि आर्थिक अबस्था कमजोर भएकाले बिद्यालय जान सकेका छैनन् । घर समेत नभएका यिनको अर्काको झुप्रो घरमा बस्दै आएको राधिका सिंहले वताएकि छन् । अलिकति बुढि बज्यैको सामाजिक सुरक्षा भत्ताले छाक्क टार्ने गरेका छन्, भने धेरै जसो अरुलाई मागेर नातिनि पाल्ने गरेको रुदै बृद्ध बज्यै औलाले वताईन् ।


७ बर्षिय जोतीले भनिन्, आमाको मृत्यु पछि बुवा पनि बिरामी नै हुनु भयो, बिरामी भएपनि केही आशा त हुन्थ्यो, तर बुवानै मृत्यु भएपछि बेसाहारा बनेको बताईन् । आफु अरुका बाख्रा हेरेर छाक टार्ने गरेको छौ, बहिनिलाई बज्यैले मागेर पाल्ने गरेको वताईन् । अरुका लुगाकपडामा मागेर लाउने गरेका छौ, कुन दिन त खाना नपाएर भोकै बस्ने गरेको वताईन् । बिद्यालय जाने रहर त थियो तर कापि कलम र लुगा किन्ने पैशा नभएर बिद्यालय समेत नजाने गरेको जोतीले भनिन् ।
दुई बर्ष पहिला सानो छाप्रो घर थियो, त्यो पनि भत्किएपछि अर्काको घरको गोठमा बस्दै आएका छन् । त्यो घर पनि जिर्ण र भत्किने अबस्थामा रहेको छ । बडिमालिका नगरपालिका कि उपप्रमुख कबिता बिष्टले बिच्चलीमा रहेका वालवालिकाको स्थलगत अनुगमन गरेको वताएकि छन् । उनिहरुको अबस्था निकै नाजुक र दयनिय रहेको वताएकि छन् । साथै यिनिहरुको उद्धार र वालवालिका संरक्षणका लागि पहल गर्ने वताएकि छन् ।

भिडीयाेका लागी यहाँ किलिक गर्नुहाेला

चर्चामा

सम्बन्धित समाचार