बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बलिउडका ८ क्युट अभिनेत्री, जो हुन् शाकाहारी

बलिउडका ८ क्युट अभिनेत्री, जो हुन् शाकाहारी

  • सोमवार, फाल्गुन २०, २०७५
बलिउडका ८ क्युट अभिनेत्री, जो हुन् शाकाहारी

म्बई– अक्सर भन्ने गरिन्छ, ताकतका लागि नन्भेज आवश्यक छ । त्यसैले फिट्नेशका लागि जिम प्रयोग गर्नेहरु नन्भेज बढी खाने गर्दछन् । केही ब्यक्ति बडी फिट राख्न अन्डा, मासु र माछाको प्रयोग समेत गर्छन् । आज हामी बलिउडमा ती कलाकारको चर्चा गर्दैछौ । जो नन् भेजलाई हात पनि लगाउँदैन् ।

मल्लिका शेरावत 

सन् २०११ मा मल्लिका शेरावतले पिइटिएमा सबैभन्दा हट शाकाहारी सेलिब्रेटीका किताव जितेकी थिइन् । शाकाहारी मानिस हमेसा स्वस्थ रहने उनको मान्यता रहदै आएको छ ।

ज्याकलिन फर्नाडिस्

अभिनेत्री ज्याकलिन फर्नाडिस जनावर हिम्साको खिलापमा छिन् । त्यसैले उनले माछा मासु र अन्डा खान छोडेकी हुन् । यस कारण पनि २०१४ मा उनले पिइटिएको ओमेन अफ दि इयर अवार्ड समेत हात पारेकी थिइन् ।

रेखा 
शाकाहारी मानिस बौद्धिक र सुन्दर रहने रेखाको भनाई रहेको छ ।

कंगना रानावत 

शाकाहारी मानिस जीवनमा सधै प्रगतिको पथमा लम्कने कंगनाको भनाई रहेको छ ।

अनुष्का शर्मा 

अनुष्का आफ्नो कुकुरको कारणले शाकाहारी भएको एक पत्रिकामा समाचार आएको थियो । उनको कुकुर ‘डगी’लाई मासुको गन्ध मन पर्दैन । यसकारण उनले पनि मासु खान छोडिदिएकी हुन् ।

आयशा टाकिया

‘वान्टेड’ फेम अभिनेत्री आयशाले जीवनभर नन्भेज नखानका लागि प्राण लिएकी छन् । जनावर मारेर खाएको आफुलाई नराम्रो लाग्ने उनले बताउदै आएकी छन् ।

ऋचा चड्ढा 

मोडल तथा अभिनेत्री ऋचा चड्ढा पनि पुरै शाकाहारी हुन् । यहाँसम्मकी उनी डेयरी उत्पादन र अन्डा समेत खादिन् । उनले जनावार संरक्षण आवद्ध रहेर समेत काम गरेकी छन् ।

अलिया भट्ट

क्युट आलिया भट्ट बलिउडकी सबैभन्दा कम उमेरकी अभिनेत्री मध्येकी एक हुन् । उनले गर्मीका कारण नन्भेज छोड्ने फैसला गरेकी थिइन् ।

 

चर्चामा

सम्बन्धित समाचार