बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • २०७६ सालको पात्रो : कुन चाड कहिले र कति विदा हेर्नुहोस

२०७६ सालको पात्रो : कुन चाड कहिले र कति विदा हेर्नुहोस

  • सोमवार, फाल्गुन २०, २०७५
२०७६ सालको  पात्रो : कुन चाड कहिले र कति विदा हेर्नुहोस

काठमाडौ । पञ्चाङग निर्णायक समितिले २०७६ सालको आधिकारीक पात्रो सार्वजनिक गरेको छ । समितिको केही दिनदेखि बसेको बैठकले पात्रो तयार गरेको हो । पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ । बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ । पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए। कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ।

आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ। आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गरे। ‘भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन,’ गौतमले भने।

समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिए। यस बर्ष भन्दा २०७६ सालमा १६ दिन सार्वजनिक विदा थप गरिएको छ । सरकारले विदा थप गराउन विभिन्न मन्त्रालयबाट सिफारिस मागेको थियो । सोही बमोजिम विदा थप गरिएको जनाइएको छ

 

 

चर्चामा

सम्बन्धित समाचार