शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकामा खतरनाक आँधी, १४ जनाको ज्यान गयाे

अमेरिकामा खतरनाक आँधी, १४ जनाको ज्यान गयाे

  • सोमवार, फाल्गुन २०, २०७५
अमेरिकामा खतरनाक आँधी, १४ जनाको ज्यान गयाे

अमेरिका, २० फागुन – अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन् ।

तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छ ।

सो क्षेत्रमा ठूलो संख्यामा घरहरु भत्काएको त्यहाँका एक सरकारी अधिकारी शेरिफ जे जोन्सले स्थानीय संचारमाध्यमहरुलाई जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लुएसले सो आँधीलाई तेस्रो लेभलको आँधी भएको उल्लेख गरेको छ । प्रतिघण्टा २ सय ६६ किलोमिटरको बेगमा आउने आँधीलाई तेस्रो लेभलको खतरनाक आँधीका रुपमा लिने गरिएको छ ।

जोन्सले आँधीका कारण सो क्षेत्रमा ठूलो संख्यामा भौतिक संरचनाहरु नस्ट भएको बताएका छन् । आँधीले जर्जिया राज्यमा समेत क्षति पुगेको छ । गएरातिदेखि सुरु भएको आँधी केही समयको फरकमा पटक–पटक आइरहेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार