शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • खेलकुद
  • मैत्रिपुण भलिवलको उपाधी सघंलाई

मैत्रिपुण भलिवलको उपाधी सघंलाई

  • आइतवार, फाल्गुन १९, २०७५
मैत्रिपुण भलिवलको उपाधी सघंलाई

बडीमालिका समाचार
बाजुरा १९ फागुन
बाजुरामा रहेको समरजित गुल्म थापाथली ब्यारेकले महाशिवरात्रीको अवसर पारी भलिवलको आयोजना गरेको छ । महाशिवरात्री तथा सेना दिवसको अवसरमा फागुन आज बडीमालिका मैत्रि भलिवलको आयोजना गरेको हो । महाशिबरात्रीको अवसरमा एकादशीका दिन देखी नेपाली सेनाले बिबिध कार्यक्रम गर्दै आएको छ ।  जसमा आज मैत्रिपुण भलिवलको आयोजना गरिएको बताएको छ । भलविल संघ बाजुरा प्रथम भएको छ भने दोस्रोमा बिद्यार्थी सघं भएको छ ४ ओटा टिमको सहभागी रहेको प्रतियोतिामा ५ हजार नगद सहित जिल्ला खेलकुद बिकास समितिको भलिवल सघंले हात पारेको छ । त्यस्तै ३ हजार पुरस्कार राशी सहित बिद्यार्थीको टिमले हात पारेको बताएकाे छ । ४ अाेटा टिमकाे सहाभागिता रहेकाे खेलमा  २ ओटा टिम बाहीरीएका हुन । हिन्दु धर्मालम्वीहरुको पर्वका रुपमा रहेको उक्त दिन समरजीत गुल्म थापाथली व्यारेकले शुक्रबार देखी बिबिध कार्यक्रम गर्दै आएको छ । खेलकुद र सरसफाई कार्यक्रम गरी मनाउने नेपाली सेना बाजुराका गुल्मपति प्रल्हाद घलेले जानकारी दिएका छन् । भोलि बिहान ५ हजार मिटर दौड समेत रहेको गुल्मपती घेलेले बताएका छन गुड फर हेल्थ भन्ने नाराका साथ जिल्ला सदरमुकाम मार्तडीमा ५ हजार मिटर खुला दौड प्रतियोगिता संचालन हुने बताएका छन ।


खुला दौड प्रतियोगितामा इच्छुकहरुले सहभागिता जनाउन पाउने गुल्मपति घलेको भनाइ रहेको छ । सो कार्यक्रम बाजुरा जिल्लामा पहिलो पटक गरिएको प्रमुख जिल्ला अधिकारी चेृतराज बरालले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार