शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

  • आइतवार, फाल्गुन १९, २०७५
फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु

१९ फागुन, पोखरा । फेवातालमा खसेका प्याराग्लाइडरको उपचारका क्रममा मृत्यु भएको छ ।

सारङकोटबाट उडेका राेमानीयाका नागरिक ४२ वर्षीया एड सिजरकाे फेवा सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्याराग्लाईडिङ फेवातालमा खसेको जानकारी पाएलगत्तै घटनास्थल पुगेको उद्धार टोलीले उनलाई अस्पताल पुर्‍याइएको थियो ।

प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा हावाको सन्तुलन मिलाउन नसकेर सीधै तालमा खसेको प्रहरीको भनाइ छ ।

ब्लु स्काइ प्याराग्लाईडिङ कम्पनीबाट पर्मिट लिएर उडेका थिए ।

अनलाइन खबरबाट

चर्चामा

सम्बन्धित समाचार