बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • के थियो भरतमोहन अधिकारीको अन्तिम सन्देश ?

के थियो भरतमोहन अधिकारीको अन्तिम सन्देश ?

  • शनिबार, फाल्गुन १८, २०७५
के थियो भरतमोहन अधिकारीको अन्तिम सन्देश ?

काठमाडौं : नेकपा नेता एवम् पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले नेताहरुलाई मिलेर अगाडि बढ्न अन्तिम सन्देश छोडेर गएका छन् ।

ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राख्नुअघि नेकपा नेता कृष्ण आचार्यमार्फत् अधिकारीले सन्देश छोडेका हुन् । उनको शनिबार राति ९ बजेर ४८ मिनेटमा ह्याम्स अस्पतालको भेन्टिलेटरमै निधन भएको छ ।

अधिकारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अधिकारीले महत्वपूर्ण सन्देश छोडेको भन्दै त्यसलाई आत्मसाथ गर्ने बताएका छन् ।

शनिबार राति पत्रकारसँग कृष्ण आचार्यलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘पार्टी, देश र समाजको समृद्धिका लागि नेताहरु मिलेर जाउन’ भन्ने सन्देश छोड्नु भएको रहेछ ।

यो सन्देश हाम्रा लागि महत्वपूर्ण छ । यसलाई आत्मसाथ गरेर अगाडि बढ्छौँ । कम्युनिस्ट नेता अधिकारीको ८२ वर्षको उमेरमा शनिबार ह्याम्स अस्पतालमा निधन भएको हो । उनका तीन छोरी र श्रीमती छन् । चार पटक अर्थमन्त्री र पटकपटक मन्त्री भएका अधिकारी उप्रपधानमन्त्री हुँदा कार्यबाहक प्रधानमन्त्रीसमेत बनेका थिए ।

चर्चामा

सम्बन्धित समाचार