बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • अधिकारीको अवस्था नाजुक : चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा, अस्पतालमा नेताको भिडभाड

अधिकारीको अवस्था नाजुक : चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा, अस्पतालमा नेताको भिडभाड

  • शनिबार, फाल्गुन १८, २०७५
अधिकारीको अवस्था नाजुक : चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा, अस्पतालमा नेताको भिडभाड

काठमाडौं : ह्याम्स अस्पतालको भेन्टिलेटरमा रहेका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बनेको छ।  अहिले चिकित्सक र परिवारका सदस्य आकस्मिक बैठकमा छन्। तीन सातादेखि उपचाररत अधिकारीलाई कृत्रिम स्वासप्रस्वास दिएर राखिएको छ।

परिवारका सदस्य र चिकित्सक आकस्मिक बैठकमा सहभागी हुँदा अस्पतालमा पूर्वप्रधानमन्त्रीसहितका नेताको भिडभाड छ। अस्पतालमा पूर्वप्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधव नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरीराजमणि पोखरेललगायत उपस्थित छन्।

शिक्षामन्त्री पोखरेलका अनुसार अधिकारीलाई भेन्टिलेटरबाट निकाल्दा अप्रिय निर्णय हुनसक्ने भएकाले अहिले चिकित्सकसँग सल्लाह भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार