बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुला जीप दुर्घटना अपडेट: मृत्क ११ जनाको शनाखत भएन्

दार्चुला जीप दुर्घटना अपडेट: मृत्क ११ जनाको शनाखत भएन्

  • शनिबार, फाल्गुन १८, २०७५
दार्चुला जीप दुर्घटना अपडेट: मृत्क ११ जनाको शनाखत भएन्

दार्चुलामा भएको जीप दुर्घटना परि मुत्यु भएका ११ जनाको अझै शनाखत हुन सकेको छैन्। आफन्त नआएकाले शनाखत नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको छ। उनीहरुको शव जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। घाईते जीप चालक दुहुँ गाँउपालिका वडा नम्बर २ का दिपकसिँ धामीलाई थप उपचारका लागि भारत लगिएको छ। दार्चुलाको सदरमुकाम खलंगाबाट हिकिला तर्फ जादै गरेको म १ ज २८० नम्बरको जीप तिंकर सडक अन्तर्गत पर्ने दुहुँ गाउँपालिका ३ राताकाठा क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर ७ महिला, ३ पुरुष र एक नावालिक गरि ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव निरिक्षक माधव भट्टले जानकारी दिए। आफन्त आएपछि मात्र उनीहरुको शनाखत हुने उनले बताए।

चर्चामा

सम्बन्धित समाचार