बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • कर्णालीमा पहिलो महिला सिडियो

कर्णालीमा पहिलो महिला सिडियो

  • शनिबार, फाल्गुन १८, २०७५
कर्णालीमा पहिलो महिला सिडियो

बडीमालिका खवर

जुम्ला १८ फागुन

कर्णाली प्रदेशमै पहिलो पटक जुम्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा महिलाले कार्यभार सम्हालेकी छिन् । यसअघि जुम्लामा रहेका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल गृह मन्त्रालयमा सरुवा भएपछि सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत दुर्गा बञ्जाडेले कर्णाली प्रदेशमै पहिलो पटक जुम्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्मालेकी हन् ।

जनप्रशासनमा एमफिल र जेन्डर एण्ड डेभलपमेन्टमा कोरीयाबाट मास्टर्स गरेकी बन्जाडे सिडियोको रुपमा शुक्रबार जुम्ला पुगेकी छिन् । उनलाई पहिलो पटक प्रमुख जिल्ला अधिकारीको रुपमा महिला प्राप्त गरेको भन्दै जुम्लामा भव्य स्वागत गरिएको छ । सिडियो बन्जाडेले शुक्रबार नै जुम्लाका पत्रकारसंग भेटघाट गरेकी छिन् । पत्रकारहरुसँगको भेटमा उनले जिल्लाको शान्ति, सुव्यवस्था र विकासका लागि पत्रकाहरुको भूमिका ठूलो भएको हुँदा आवश्यक सहयोगको अपेक्षा गरेको बताइन् ।

बन्जाडेले आफू कर्णाली आएर सेवा गर्ने धोको पूरा भएको भन्दै अब सहकार्य र समन्वय गरेर काम गर्नुपर्नेमा सवैको साथ आवश्यक भएको बताइन् । उनले महिला भनेर गरिने समाजको दृष्टि बदल्ने गरी काम गरेर फर्किने प्रतिबद्धता समेत व्यक्त गरिन् । ‘सीडीओको रुपमा म आएको छु तर मलाई हेर्ने दृष्टिकोण महिला हुने भएकाले काम बढी गर्नुपर्नेछ’, उनले भनिन् ।

अर्घाखाँची जिल्लाको छत्रकोट गाउँपालिका मरेङमा स्थायी घर भएकी बञ्जाडेले जिल्लाका विकास र समृद्धिमा नागरिकहरुले अनुभूति गर्नेगरी योजना बनाउने र त्यसैअनुसार अगाडी बढ्ने बताइन् । उनले मदिरा नियन्त्रण अभियान केवल रक्सी खन्याउने नभई उत्पादनमा कस्तो व्यक्ति वर्ग र कसरी भइरहेको छ, गहिरो अध्ययन गरी अघि बढ्नुपर्नेमा ध्यान दिनुपर्ने बताएकी छिन् ।

सूचनाको हकलाई मजबुद बनाउँदै समन्वय, सहकार्य र सह अस्तित्वको लागि सदैव जुम्लाबासीसंग एकाकार भएर लाग्ने सिडिओ बञ्जाडेको भनाई छ।


चर्चामा

सम्बन्धित समाचार