मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय लडाकु पाइलट फिर्ता

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय लडाकु पाइलट फिर्ता

  • शुक्रबार, फाल्गुन १७, २०७५
पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय लडाकु पाइलट फिर्ता

इस्लामाबाद : पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमान अन्ततः रिहा भएका छन् ।

पाकिस्तानी सेनाले उनलाई सीमा क्षेत्र बाघा बोर्डरबाट आज रिहा गरेको हो । पाकिस्तानले निर्धारित समय भन्दा झण्डै एक दिन ढिलो गरी उनलाई रिहा गरेको हो । बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदबाटै उनको रिहा गर्ने सम्बोधन गरे अनुसार उनी आज रिहा भएका हुन् ।

पाकिस्तानी भूमिको बालाकोटमा भारतीय लडाकु विमानले बम हमला गर्ने क्रममा कमान्डर अभिनन्दन पाकिस्तानीहरुबाट नियन्त्रित भएका थिए । स्थानीयले उनलाई नियन्त्रण गरी सेनालाई बुझाएका थिए ।

अभिनन्दनले भने यसअघि नै एक भिडियो कुराकानीमा पाकिस्तानी सेनाले आफूलाई सम्मान गरेको बताएका थिए । भारतमा भने पाइलट अभिनन्दनको स्वागत भव्य रुपमा मनाउने तयारी गर्दैआएका थिए । उनको स्वागत गर्न आज बिहानैदेखि सीमा क्षेत्रमा थुप्रै भारतीय नागरिका तथा पत्रकारहरु पुगेका थिए ।

पाइलटको रिहासँगै भारत–पाकिस्तान तनाब मत्थर हुने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प्ले भियतनाममा बोल्ने क्रममा भारत–पाकिस्तानबीच आकर्षक खबर आउने अभिव्यक्ति दिएसँगै पाकिस्तानले पनि भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार