शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • गाँउमै पहिलो पटक स्नातकोत्तर पढाइ

गाँउमै पहिलो पटक स्नातकोत्तर पढाइ

  • शुक्रबार, फाल्गुन १७, २०७५
गाँउमै पहिलो पटक स्नातकोत्तर पढाइ

बडिमालिका खबर
बाजुरा, १७ फाल्गुण
बाजुरा जिल्लामा पहिलो पटक स्नातकोत्तर (डिग्री) को पढाइ सञ्चालन हुने भएको छ । शुदुरपश्चिम बिश्वबिद्यालय अन्तर्गत बाजुरा क्यापसमा स्नातकोत्तरको पढाई सञ्चालन हुने भएको बाजुरा क्यापसका क्याम्पस प्रमुख सुरेश पण्डितले वताएका छन् ।
बाजुरा क्यापसले शिक्षा संकाय अन्तर्गत नेपाली र पाठ्यक्रम योजना नेतृत्व विकासको भर्ना लिएको छ । त्यस्तै मानविय संकायमा ग्रामिण विकास बिषयमा भर्ना लिन शुरु गरेको प्रमुख पण्डितले वताएका छन् । पहिलो चरणको प्रबेश परिक्षा लिएर भर्ना अभियान शुरु गरिसकेका छौ, चैत ३ गते बाट पढाई सञ्चालन हुने क्यापसले जनाएको छ ।
नेपाली बिषयमा ४० जना, पाठ्यक्रम योजना नेतृत्व विकास बिषयमा ५० जना र ग्रामिण विकास बिषयमा ६० जना प्रबेशीका परिक्षामा सहभागि भएका थिए । उनिहरु अहिले भर्ना भइरहेका छन् । केही बिद्यार्थीले ढिलो थाहा पाएकाले फेरी पनि फाल्गुण २५ गते दोस्रो चरणको प्रबेशिका परिक्षा गर्ने क्यापस प्रमुख शुरेस पण्डितले वताएका छन् । स्नातकोत्तर पास गर्न ७० देखी ८० हजार सम्म जम्मा खर्च लाग्ने उनले वताए ।
दुर्गम बाजुरा जिल्लामा पहिलो पटक स्नातकोत्तर पढाइ सञ्चालन हुने भएपछि आर्थिक अबस्था कमजोर भएका जिल्ला बाहिर जान नसक्नेका लागि ठुलो सहयोग पुगेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताएका छन् । स्नातक तह सम्मको पढाइ सकेर घरमै बसेका स्नातकोत्तर पढन जिल्ला बाहिर जान नसकेका १० बर्ष देखिका बिद्यार्थी समेत भर्ना भएका छन् ।
स्नातक तहको पढाइ सकेर राजनितिक पेशामा लागेको थिए, जिल्ला बाहिर गएर पढन सक्ने अबस्था थिएन्, जिल्लामै पहिलो पटक स्नातकोत्तरको पढाई हुने भएपछि बाजुरा क्याम्पसमा भर्ना भएको जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र कुमार रोकायाले वताएका छन् । बडिमालिका नगरपालिका ८ का अध्यक्ष प्रकाश रावलले भने दुई पटक कैलाली बहुमुखि क्यापसमा भर्ना भए परिक्षा दिन नपाएर पढाइ अधुरो रहेको थियो, जिल्लामै घरमै बसेर पढन पाईने भएपछि भर्ना भएको उनले वताए । बाजुरामै स्नातकोत्तर पढाई हुने भएपछि आफु जस्तै धेरैलाई सहज भएको वताए ।
स्नातकोत्तर सम्मको पढाइ सचांलन त शुरु गरयौ, तर केही समस्या भने रहेको क्यापसले जनाएको छ । शुदुरपश्चिम बिश्वबिद्यालयले बाजुरा क्यापसलाई आंगिक क्यापस बनाएको भएपनि बिश्वबिद्यालयनै अस्तब्यस्त भएकाले अहिले क्यापस सञ्चालनमा समस्या आउन सक्ने स्वीयु सभापति चेतन अयडिले वताएका छन् । स्नातकोत्तर सञ्चालन गर्नमा आफैमा कठिन हो, दक्ष जनशक्ति रु पुर्वाधारको अभाब रहेको छ, त्यसलाई ब्यबस्थापन गर्नतिर पनि क्याम्पस लागेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार