शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • टिकापुर घटनाको बहस शुरु,

टिकापुर घटनाको बहस शुरु,

  • शुक्रबार, फाल्गुन १७, २०७५
टिकापुर घटनाको बहस शुरु,

“बहसमा के भयो “

कैलाली जिल्ला अदालतामा आजनबाट टीकापुर घटनाको कर्तव्यजयन, डाँकाचोरी तथा ज्यान मार्ने उद्योग मुद्दाको सुनूवाई सुरु भएको छ । प्रतिवादीहरुको वतनको अस्वपष्टता लगायत विभिन्न कारणले ढिलाई हुदैं आएको टीकापुर घटनाको सुनूवाई आजबाट प्रारम्भ भएको हो ।

तीन बर्ष भन्दा लामो सयम पछि सुरु भएको सुनसवाईमा पहिलो दिन वादी पक्षका २ न्यायधिवक्ता र प्रतिवादी पक्षका पाँच जना कानून व्यसायीले बसह गरेको जिल्ला अदालत कैलालीका श्रेस्तेदाल इन्द्र बहादुर कठायतले जानकारी दिए । उक्त मुद्दा सुनुवाइका लागि बुधबार पेश गर्नेगरी अर्को आदेश समेत अदालतले गरेको छ ।

७ प्रहरी र १ नाबालक सहितको हत्या भएको टीकापुर घटनाको सुनूवाईमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई निरन्तरता दिएको छ । उक्त मुद्दामा ११ जना बढी कानूनन व्यवसायीहरु प्रतिवादी तर्फका छन् । अदालतको प्राथमिकताको मुद्दा भएकाले अब बहस नसकिन्जेलसम्म सुनुवाई जारी रहने अदालतका श्रेस्तेदार कठायतले बताए ।

पहिलो दिन उक्त मुद्दामा बादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायधिवक्ता बिस्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका छन् । प्रतिबादी तर्फबाट बरिष्ठ अधिवक्ता गोपाल घिमिरे, अधिवक्ता हरी फुँयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसीले बहस गरेका छन् ।

स्टेट सेभेन अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार