धनगढी, १६ फागुन
सुदूरपश्चिम प्रदेशसभाको आजका लागि आह्वान गरिएकोे बैठकमा छलफलको विषय नभएपछि स्थगन गरिएको छ ।
बैठकका लागि छलफलको विषय नभएको अवस्थामा राष्ट्रिय शोकसमेत परेकाले सभामुखको आग्रहमा आजका लागि तोकिएको बैठक स्थगन गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । अर्कोे बैठक यही फागुन २१ गते मङ्गलबार १ बजे बस्ने भएको छ ।