शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तरवार्ता
  • सुदूरपश्चिमका जनता गरिबीको दुसचक्रमा :डाक्टर भट्टराई

सुदूरपश्चिमका जनता गरिबीको दुसचक्रमा :डाक्टर भट्टराई

  • बिहिबार, फाल्गुन १६, २०७५
सुदूरपश्चिमका जनता गरिबीको दुसचक्रमा :डाक्टर भट्टराई

पूवप्रधानमन्त्री एंवम नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले सुदूरपश्चिमका ग्रामीण जनता गरिबीको दुसचक्रमा फसेको बताएका छन्। केही दिन यता सुदूरपश्चिममै रहेका डाक्टर भट्टराईले यहाँको ग्रामीण अर्थतन्त्र निकै कमजोर रहेको बताएका हुन्।

बीहिबार काठमाडौँ फर्किने क्रममा गेटा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले अर्थतन्त्र, रोजगारी, उद्योग धन्दा, कृषि क्षेत्रको सेवाको हिसाबले हेर्दा सुदूरपश्चिम निकै पछाडी परेको बताए। यहाँका ग्रामीण जनताको जीवनस्तर समेत कष्टप्रर्द भएको आफूले पाएको उनको भनाई थियो।

सुदूरपश्चिम प्राकृतिक सम्पदाले भरिपूर्ण भएपनि अर्थतन्त्र रुपान्तरण नहुदा गरिबी र बेरोजगारीको दुसचक्रमा जनता भएको प्रष्ट देखिएको भट्टराईले बताए। फरक प्रसंगमा भट्टराईले वर्तमान सरकारले संघियता कार्यान्वयनका लागि पर्याप्त काम गर्न नसकेको अरोप लगाएका छन्।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार