बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • ३५ सय वर्षअघि यसरी गरिन्थ्यो गर्भ परीक्षण

३५ सय वर्षअघि यसरी गरिन्थ्यो गर्भ परीक्षण

  • बिहिबार, फाल्गुन १६, २०७५
३५ सय वर्षअघि यसरी गरिन्थ्यो गर्भ परीक्षण

महिलाको गर्भ परीक्षणका लागि अहिले बजारमा अनेक खालका उपकरण छन् । तर, आजभन्दा ३५ सय वर्षअघिको समयको कल्पना गर्नुस् त । त्यो समयमा कुनैपनि महिला गर्भवती भए नभएको कसरी पत्ता लगाइन्थ्यो होला ?

सायद यो थाहा पाउँदा अनौठो लाग्ला कि ३५ सय वर्ष पहिले पनि महिलाहरुको गर्भ परीक्षण हुन्थ्यो । यतिमात्र होइन त्यस समयमा पनि गर्भको बच्चा छोरा वा छोरी के हो ? त्यो समेत पत्ता लगाउने विधि प्रचलनमा थियो ।न्यू किंगडम युगको लिखित दस्तावेज अनुसार प्राचीन मिश्र सभ्यतामा महिलाहरुको गर्भ परीक्षण गर्ने चलन थियो । साथै मिश्र सभ्यतामा मानिसहरुको आँखाको रोग सम्बन्धी परीक्षण तथा उपचार समेत प्रचलनमा रहेको थियो । उक्त दस्तावेज अनुसार इशापूर्व १५ सय देखि इशापूर्व ३ हजारको बीचको समयमा मिश्रमा महिलाहरुको गर्भ परीक्षणका लागि महिलाहरुको पिसावको प्रयोग गरिन्थ्यो ।

महिलाको पिसाबलाई गहुँ र जौँ राखिएको एउटा ब्यागमा खन्याइन्थ्यो । केही दिनपछि उक्त ब्यागलाई खोलेर हेरिन्थ्यो । यदि झोलाभित्र राखिएको गहूँ वा जौँ टुसाएको छ भने ती महिला गर्भवती भएको प्रमाणित हुन्थ्यो । यदि बीउ टुसाएन भने महिलाको पेटमा गर्भ नरहेको पुष्टि हुन्थ्यो ।

दस्तावेज अनुसार उक्त समयमा गर्भको बच्चाको लिंग पहिचान समेत गरिन्थ्यो । यदि त्यसरी राखिएको गहुँ र जौँ मध्ये गहुँमात्र टुसाएमा गर्भमा छोरी रहेको मानिन्थ्यो । यदि जौँ टुसाएमा चाहीँ छोरा ।

कार्ल्सबर्ग पेपिरस कलेक्सनका प्रमुख किम रिहोल्टका अनुसार प्राचीन मिश्रसँग सम्बन्धित कम्तिमा १२ वटा संरक्षित चिकित्सा ग्रन्थ रहेका छन् । प्राचीन लिपिमा रहेका ती ग्रन्थमध्ये धेरै नष्ट भैसकेकाले पढ्न निकै कठीन छ । ती ग्रन्थको अनुवादको काम अहिले चलिरहेको उनको भनाई छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार