• होमपेज
  • देश
  • अपडेट : शव बोकेकाे हेलिकप्टर सुकेटारबाट काठमाडौं पुग्याे

अपडेट : शव बोकेकाे हेलिकप्टर सुकेटारबाट काठमाडौं पुग्याे

  • बिहिबार, फाल्गुन १६, २०७५
अपडेट : शव बोकेकाे हेलिकप्टर सुकेटारबाट काठमाडौं पुग्याे

ताप्लेजुङ : ताप्लेजुङमा हेलिकप्टर दुर्घटनाको क्रममा निधन भएका सातैजनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।

खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको हो

बुधबार भएको दुर्घटनास्थलबाट बिहीबार बिहान मात्रै सबै शव ल्याएर बिहानैदेखि विमानस्थलमा राखिएको थियो । शव बाेकेकाे सेनाकाे हेलिकप्टर बिहीबार बिहानै काठमाडाैंका लागि उड्ने तयारीमा रहे पनि बाक्लाे हिमपातका कारण अहिले बल्ल काठमाडाैं प्रस्थान गरेकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार