शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • धोती र चोलामा सजिएर बिद्यालय

धोती र चोलामा सजिएर बिद्यालय

  • बिहिबार, फाल्गुन १६, २०७५
धोती र चोलामा सजिएर बिद्यालय

आमा छोरा ८ कक्षामा सँगै पढदै

प्रकाश सिंह
फाल्गुण, १६ फाल्गुण
बाजुराको सर्वाधिक विकट हिमाली गाँउपालिका २ कोट बस्ने ३९ बर्षिय निमकला रोकाया कक्षा ८ पढदै गरेकी छन् । उनी बिद्यालयमा धोती र चोलामा सजिएर जाने गर्छन् । बिद्यालयमा जान अलग पोशाकको ब्यबस्था भएपनि उनि भने स्थानिय पैरनमा जाने गरेकी छन् ।
साथै उनि उनको जेठो छोरा सन्तोष रोकाया सँगै गाँउमा रहेको ठुलाकोट निमाबिमा अध्यनरत छन् । १८ बर्ष पछि उनि जेठो छोरा सँग बिद्यालयमा भर्ना भएको श्रीमान सिउमल रोकायाले वताएका छन् । कोट गाँउमा ७० परिवार मध्ये अहिले सम्म एकजना महिला पनि ८ कक्षा पास छैनन्, गाँउकै पहिलो एसएलसि पास गर्ने ईच्छाँका साथ आफु बिद्यालयमा भर्ना भएको निमकलाले बताएकि छन् । १८ बर्ष पहिले उनले कक्षा ७ सम्म माइती गाँउमा रहेको बिच्छँयामा माबिमा अध्ययन गरेकी थिईन् । बिहे गरेर पोईली घर आएपछि उनको पठाई छुटेको थियो । पोईली गाँउमा प्राबि तह सम्म मात्र बिद्यालय रहेको थियो । अहिले गाँउमै कक्षा ८ सम्म पढाई हुने भएपछि आफु बिद्यालयमा भर्ना भएको बताईन् ।
निमकला कोट गाँउकि महिला स्वयसेविका समेत हुन् । उनका तिनवटा सन्तान रहेका छन् । जेठो छोरा सन्तोष कक्षा ८, छोरी सुनकली रोकाया ६ कक्षा र कान्छो छोरा धनराज रोकाया कक्षा ४ मा त्यहि बिद्यालयमा अध्यनरत छन् । निमकलाका श्रीमान सिउमल भने नाम मात्र लेख्न जान्ने गरेका छन् । पढने रहर थियो एउटा गाँउमै निमाबि तहको बिद्यालय पनि भएन्, अर्को बच्चा भएकाले पढन पाईएको थिएन् । अब श्रीमानले पनि पढनका लागि सहयोग गरेपछि छोरा छोरी सँगै बिद्यालय जाने गरेको वताईन् । उनि बिद्यालयमा बिद्यार्थी ड्रेस लगाएर भन्दा चोलो र धोती लगाएर जाने गरेकी छन् । एसएलसि पास भएपछि सामाजिक राजनितिक गर्न र गाँउको विकासमा लाग्ने ईच्छा रहेको निमकलाले वताएकि छन् । बिद्यालयका प्रअ माधब प्रसाद अबस्थी उनको पढने इच्छाँ धेरै भएकाले बिद्यालयमा भर्ना भएको वताए ।
हिमाली गाँउपालिका ३ कोट गाँउ सदरमुकाम मार्तडी बाट चार दिनको दुरीमा रहेको छ । कोट गाँउमा पुरुष पनि तिन जना मात्र एसएलसि पास रहेका छन् । सरकारी तथा गैरसरकारी सस्था एक जना पनि जागिरे छैनन् । गाँउमा कक्षा ८ सम्म पढाई हुने भएपनि माबिका लागि एकदिनको दुरिमा रहको बिच्छँया माबि जानु पर्ने हुन्छ भने उच्च शिक्षाका लागि भने दुई दिन टाढा रहेको कोल्टिमा जानु पर्ने रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार