शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ४० वर्षमा ३५ हेलिकोप्टर दुर्घटना, ९१ को मृत्यु (सूचीसहित)

४० वर्षमा ३५ हेलिकोप्टर दुर्घटना, ९१ को मृत्यु (सूचीसहित)

  • बिहिबार, फाल्गुन १६, २०७५
४० वर्षमा ३५ हेलिकोप्टर दुर्घटना, ९१ को मृत्यु (सूचीसहित)

१५ फागुन, काठमाडौं । बुधबार ताप्लेजुङको फुङलिङमा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित उच्चपदस्थ उड्डयन अधिकारी र वायुसेवा सञ्चालकको मृत्यु हुने गरी भएको डाइनेस्टी एयरको हेलिकोप्टर दुर्घटनामा पर्‍यो, योसँगै नेपालमा ४० वर्षका बीचमा ३५ वटा हेलिकोप्टर दुर्घटना भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार योसहित नेपालमा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । गोरखा भूकम्पका समयमा दोलखामा भएको अमेरिकी हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ८ जनासहित हालसम्म मृत्यु हुनेको संख्या ९१ पुगेको हो ।

प्राधिकरणको सन् २०१८ मा प्रकाशित हवाई सुरक्षा रिपोर्टलाई आधार मान्दा हालसम्म हेलिकोप्टर दुर्घटनामा सबैभन्दा बढी मानवीय क्षति ताप्लेजुङकै घुन्सामा भएको दुर्घटनामा भएको थियो । जसमा बहालवाला वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो ।

नेपालमा पहिलो हेलिकोप्टार दुर्घटना सन् १९७९ मा लाङटाङमा भएको थियो । यो समय भीभीआईपी हेलिकोप्टोर दुर्घटनामा ६ जनाले ज्यान गुमाए । सन् १९९७ मा थुप्तेन छोलिङमा १ जनाको ज्यान जाने गरी कणर्ाली एयरको हेलिकोप्टर दुर्घटना भयो । सन् १९९८मा मूलखर्कमा भएको अर्को दुर्घटनामा ३ जनाको ज्यान गयो ।

सन् २००३ मा रारा तालमा फिस्टेलको हेलिकोप्टर खस्यो, जसमा ४ जनाको निधन भयो । सन् २००२ मा एसियन एयरको हेलिकोप्टरमा सवार ११ जनाले सोलुखुम्मा मृत्युवरण गरे ।

सन् २००३मै सिमि्रक एयरको हेलिकोप्टर सगरमाथा बेस क्याम्पमा दुर्घटनामा पर्दा ३ जनाको देहवसान भयो । २००५मा रामेछापको ठोसेमा हेलि हान्सको हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाउनुपर्‍यो ।

सन् २००६मा सबैभन्दा ठूलो हेलिकोप्टेर दुर्घटना भयो, वन राज्यमन्त्री  राईसहित संरक्षणविद् हर्क गुरुङ लगायत सवार श्री एयरलाइन्सको हेलिकोप्टर घुन्सामा दुर्घटनामा पर्दा २४ जनाको एकै चिहान भए । जुन दिनलाई संरक्षणकर्मीले कालो दिनमा रुपमा मनाउने गरेका छन् ।

सन् २००९मा हुम्लाको रुम्दीकोटमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गयो । २०१०मा फिस्टेल एयरको हेलिकोप्टर अम्दाब्लक हिमालमा दुर्घटनामा पर्दा २ जनाको जीवन अन्त्य भयो ।

सन् २०१३ र २०१४मा क्रमशः सिमीकोट र सिन्धुपाल्चोकमा भएको हेलिकोप्टर दुर्घटनामा १/१ जनाको निधन भयो । २०१५मा माउन्टेन हेलीको हेलिकोप्टर सिन्धुपाल्चोककको यमुना डाँडामा खस्यो, जसमा ४ जनाको ज्यान गयो ।

यस्तै २०१५मा भूकम्प प्रभावितको उद्धारका लागि गएको अमेरिकी सेनको हेलिकोप्टरमा दोलखाको घोर्थलीमा दुर्घनामा हुँदा ६ जना अमेरिकी सैनिकसहित ८ जनाले ज्यान गुमाए ।

फेरि २०१६ मा नुवाकोटको बेतिनीमा फिस्टेलको हेलिकोप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भयो ।

गत वर्ष अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटको मैलुङमा खस्दा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो । फेरि इतिहासले अर्को दुखद् घटना बुधबार बेहोर्‍यो जसमा पर्यटन क्षेत्रमा विभागीय मन्त्रीले नै ज्यान गुमाउनुपर्‍यो । जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ र निर्देशक ध्रुब भोछिभयाको पनि निधन भएको छ ।

यो ४० वर्षका बीचमा भएको हेलिकोप्टर दुर्घटनामा कैयौं घाइते भएका छन् । बुधबार भएको दुर्घटनामा पर्यटनमन्त्रीको नै निधन भएको छ, जसका कारण युरोपियन युनियनको हवाई सुरक्षाको कालोसूचीबाट हट्न प्रयासरत नेपाललाई झनै अप्ठेरो पर्ने एक उड्डयन अधिकारीले बताए ।

अनलाइृन खवरबाट

चर्चामा

सम्बन्धित समाचार