मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • वीपी प्रतिष्ठान भवन निर्माण अलपत्र

वीपी प्रतिष्ठान भवन निर्माण अलपत्र

  • बिहिबार, फाल्गुन १६, २०७५
वीपी प्रतिष्ठान भवन निर्माण अलपत्र

प्रेम रौले
बाजुरा १६ फागुन
पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता स्वर्गीय विश्वरप्रसाद कोइरालाको नाममा निर्माण हुन लागेको विपी स्मृती प्रतिष्ठान भवन निर्माण कार्य आर्थिक अभावका कारण अलपत्र परेको छ ।
निर्माण कार्य सुरु भएको ३ वर्ष तिदा पनि निर्माण कार्य हुन नसकेको वीपी स्मृति बाजुराका अध्यक्ष धनराज पण्डितले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण कार्यालयबाट दुई वर्षका लागि ९ लाख रुपैया आएपनि रकम अपुग भएपछि निर्माण कार्य वीचमै रोकिएको बताए ।
२०७० जेठबाट निर्माण कार्य संचालन गरी २०७२ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार रकम अपुग भएपछि निर्माण कार्य बीचैमा राकिएकोे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष मथुराराज पण्डितले बताएका छन् ।
वीपी भवन निर्माण लागि ०७०÷०७१ मा चार लाख पचास हजार र ०७१÷०७२ मा सोही रकम सहरी विकास तथा भवन निर्माण कार्यालयबाट बजेट विनियोजन भएको हो । भवन निर्माणको रकम जग्गा खरिदमा केही लगानी गर्दा भवन निर्माण गर्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष पण्डितले स्वीकार गरेका छन् ।
पुर्व प्रधानमन्त्री कोइरालाको नाममा निर्माण हुन लागेको भवन पाँच वर्ष हुँदा निर्माण हुन सकेको छैन । भवन निर्माणका लागि यहाँका विभिन्न स्थानीय तहसंग बजेट मागथ गर्दा पनि बजेट नदिदा समयमै निर्माण कार्य हुन नसकेको बीपी भवन स्मृति प्रतिष्ठान बाजुराका सचिव चक्रराज जोशीले बताए ।
६ लाखमा भवन खरिद
पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता विश्वश्वर प्रसाद कोइरालाको नाममा भवन निर्माणका लागि जग्गा खरिद गरिएको छ ।
भवन निर्माण कार्य गर्न ५४० वर्ग मिटर ६ लाखमा जग्गा खरिद गरिएको बीपी स्मृति प्रतिष्ठान बाजुराले जनाएको छ ।
भवन निर्माण गर्न खरिद गरिएको जग्गा उक्त निार्माण कार्य अधुरै रहेकाले जग्गा प्रयोग विहिन हुन पुगेको बताइएको छ ।
भवन निर्माणका लागि जग्गा खरिद गरिएको भएपनि रकम अभावका कारण निर्माण कार्य अधुरै रहेको प्रतिष्ठानका कोषध्यक्ष राधिका सिंहले बताइन् ।
उनले प्रतिष्ठानको भवन निर्माण गर्न जिल्लाका ९स्थानीय तह र अन्य सरोकारवालासंग समन्वय भइरहेकोले छिट्टै निर्माण कार्य सुरु गर्ने बताएकी छन् ।
हालसम्म कुनै पनि स्थानीय तहले बजेट नदिएकाले निर्माण कार्य अधुरै रहेको प्रतिष्ठान अध्यक्ष धनराज पण्डितले बताए ।

चर्चामा

सम्बन्धित समाचार