शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो

दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो

  • बुधबार, फाल्गुन १५, २०७५
दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो

ताप्लेजुङ : एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातमध्ये चार शव सुकेटार विमानस्थल ल्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो।

नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार खराब मौसमका कारण अन्य तीन शव भने ल्याउन सकिएको छैन।  सबै शव सेनाको हेलिकोप्टरबाट डोरी झारेर झुन्ड्याएर निकालिएको प्रजिअ भण्डारीले जानकारी दिए।

पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो।  

क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सात यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङ पुगेको थियो।

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास श्रेष्ठ,  नेपाल नागरिक उड्न प्राधिकरणका इन्जिनियर धुब्रदास भोछिभयालगायत सवार थिए।

दुर्घटनामा ज्यान गुमाउने 

रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन

आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स

वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण

अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो

युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार

धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण

हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

अन्नपर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार