शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • राषकोट अस्पताल लाइ २५ लाख १ सय सहयोग

राषकोट अस्पताल लाइ २५ लाख १ सय सहयोग

  • बुधबार, फाल्गुन १५, २०७५
राषकोट अस्पताल लाइ २५ लाख १ सय सहयोग

प्रकाश सिंह
फाल्गुण १५
बेलायत बस्दै आएकि इशा गुरुङ्ग नेपालीको लागि सामाजिक अभियानमा सक्रिय छन् । उनि बेलायत बस्न लागेको दशक भन्दा बढि समय भइसकेको छ । बेलायतमा बसेपनि उनि नेपालीको दुख्ख कष्टमा सहयोग गर्न रातदिन लागि रहेकि छन् ।
कुनै नेपालीलाई समस्या पर्दा उनि सामाजिक सञ्जाल मार्फत सामाजिक अभियान चलाएर सहयोग गर्दै आएकि छन् । इशा गुरुङ्गले बडिमालिका खबर सँग फोन मार्फत भनिन्, अभियान चलाउन लागेको १० बर्ष जति भयो, अहिले सम्म हजारौलाई सहयोग पुगेको वताएकि छन् । अहिले सम्म मात्र उनले २ करोड ५० लाख रकम संकलन गरेर पिडितलाइ हस्तान्तरण गरेको वताईन् ।
कुनै ब्यक्तिलाई मात्र नभई पछाडी परेका वर्गको उत्थानका लागि पनि सहयोग गर्दै आएकि छन् । इशाले भुकम्प पिडित समुदाय, मसुहर बस्ति, कालिकोटको रास्कोट अस्पताल निर्माणका लागि समेत सामाजिक अभियान चलाएर रकम हस्तान्तरण गरेकि थिईन् । कालिकोटमा निर्माण हुन लागेको रास्कोट अस्पतालको मात्र केहि दिन पहिला मात्र २५ लाख संकलित रकम राषकोट बैक खातामा जम्मा गरेकि थिईन् । उनि संघ संस्था मार्फत पनि पिडितलाई सहयोग गर्ने गरेको वताईन् ।
त्यस्तै बाजुराको बडिमालिका ५ मनाका भाइबहिनिका लागि पनि आर्थिक संकलन गरि हस्तान्तरण गरेकि थिईन् । त्यस्तै बेला बेला इमरजेन्सी पहल गरेर सयौ को उद्गार पनि गरेको उनि वताउछन् । यो बर्षमा मात्र धेरै असाहयलाई सहयोग गरेकी छन् । अरु बाट संकलन मात्र नभइ आफुले पनि सहयोग गर्छन् । उनको सामाजिक अभियानकै कारणले धेरै नेपालीले अकालमै ज्यान गुमाउनु बाट बचेका छन् ।
इशाले भनिन् आफु जहाँ भएपनि हामी नेपाली हुँ, एक नेपालीलाई समस्या पर्दा किन अर्को नेपालिले सहयोग नगर्ने, सहयोग गर्नु नै हाम्रो दाहित्व भएको वताईन् । अझै पनि यस्ता थुप्रै सामाजिक अभियानमा लागि रहने वताईन् । उहाँको अभियानमा सहयोग गर्दै आएकि तथा सामाजिक अभियान्ता खुशी राई भन्छन्, इशा दिदिले धेरैको जिवन बदलिदिएको छ, उहाँकै कारणले आज धेरैको ज्यान बाचेको वताईन् । उहाँ जस्तै सबैमा सामाजिक भाबना भएको भए हाम्रो समाज धेरै अघि बढिसक्ने थियो खुशीले थपिन् । उनको काम प्रतिको बिश्वास भएरनै देश बिदेश बाट सहयोगका लागि थुप्रै सहयोगि मनहरुले सहयोग गर्दै आएको छन् ।

चर्चामा

सम्बन्धित समाचार