शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • बडालेक दशरथ शैक्षिक तथा धार्मिक महोत्सव शुरु

बडालेक दशरथ शैक्षिक तथा धार्मिक महोत्सव शुरु

  • मङ्लबार, फाल्गुन १४, २०७५
बडालेक दशरथ शैक्षिक तथा धार्मिक महोत्सव शुरु

पदम सिंह
फाल्गुण, १४ बाजुरा
खप्तड छेडेदह गाउपालिका ७ को दशरथ उमाविमा बडालेख दशरथ शैक्षिक तथा धार्मीक महोत्सव एवम श्रीमद् भागवत शान महायज्ञ सुरु भएको छ । दशरथ उमाविको आयोजनामा महोत्सव मंगलबार बाट सुरु गरेको हो । विद्यालयमा रहेको राष्ट्रिय स्तरको खेलकुद मैदानलाई स्तरउन्नोत्ती तथा दशरथ माविमा प्राविधिक शिक्षालय संचालनको लागि शैक्षिक तथा धार्मीक महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजकका संयोजकले बताएका छन् । प्राविधिक शिक्षा पढ्न चाहेर पनि आर्थिक हिसावले गाउँपालिका र जिल्ला बाहिर नजान सक्ने बिद्यार्थिहरुलाई सहज हुने गरी प्राविधिक शिक्षा स्थापना गर्ने उद्देश्य समेत रहेको आयोजकले बताएको छ । महत्सवको शुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । मन्त्री शाहले उद्घाटन गर्दै अव बाजुरा दुर्गम भोकमरी पीछडीएको जिल्लाको रुपमा नभएर खेलकुदको जिल्ला, प्राविधिक शिक्षालयको जिल्ला, पर्यटन प्रर्बद्धनको जिल्ला भनेर चिनाउन आफु लागी परेको र केन्द्रिय सरकारसंग समन्वय गरिरहेका बताएका छन । प्रदेश सरकारबाट हुने सम्पूर्ण साथ सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन । विद्यालय स्तर उन्नतीको लागी महोत्सवलाई सहयोग हुने गरी एक लाख २५ हजार व्यक्तिगत सहयोगको समेत घोषण गरेको छन । बिशिष्ट अतिथि संम्बिधान सभा सदस्य नेपाली काँग्रेशका नेता माहाँ नेपालीले पीछडिएका बर्ग समुदायको लागी प्राविधिक शिक्षालय स्थापना पछि ठुलो राहत हुने भएको र यसमा आफ्नो तर्फबाट सहयोग रहने बताए । त्यस्तै बिशिष्ट अतिथि सम्बिधान सभा सदस्य तथा नेपाल कम्यूनिष्ट पार्टीका नेता पेम्बा गुरुङ भोटेले जुन उद्देश्यले महोत्सवको आयोजना गरीएको हो, सफलताको शुभकामनाका साथ आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै एघार हजार एक सय एघार सहयोग गरेका छन् । त्यस्तै महोत्सबको मर्म र उद्देश्यलाई बुझेर उपस्थित धेरैले सहयोग गरेका छन् । खप्तड छेडेदह गाउपालिका ७ का वडा अध्यक्ष खगेन्द्र रावतले एक लाख एघार हजार एक सय, डा. मोहन नाथ र खगेन्द्र नाथले एक लाख, कुम्भ नाथले एकाउन्न हजार, प्रेम नाथले पच्चिस हजार, सहकारी सघ केन्द्रिय सदस्य अम्मर खड्काले पन्ध्र हजार पाच सय पचपन्न, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रुपचन्द्र विश्वकर्माले पाच हजार पाच सय सहयोग गरेको आयोजकले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार