बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याको अस्पताल बन्ने

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याको अस्पताल बन्ने

  • सोमवार, फाल्गुन १३, २०७५
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याको अस्पताल बन्ने

बडिमालिका समचार
फागुन, १३ बाजुरा
बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याको अस्पताल हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयले गरेको निर्णय अनुसार प्राथमिक स्वास्थ्य केन्द्र १५ शैय्याको अस्पातल बन्ने जिल्ला स्वास्थ्य कार्यलय बाजुरका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र अस्पताल बन्ने भएपछि स्थानिय बासि खुशि भएका छन् । नागरिक अगुवा जनेश भण्डारीले भने सरकारले अस्पातल बनाउने निर्णय निकै स्वागत योग्य रहेको वताए, यस्ले यो क्षेत्रका बासिन्दालाई ठुलो सहयोग भएको वताए । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउनका लागि गत आर्थिक बर्षमा नगरपालिकाले ७ रोपनी जग्गा खरिद गरिसकेको नगरपालिकाले जनाएको छ ।
१५ शैय्या अस्पतालका लागि १३ रोपनी आबश्यक पर्छ ६ रोपनीका लागि यो बर्ष बजेट छुट्याइसकेको बुढिन्नदा नगरपालिका उप प्रमुख सुष्टि रेग्मिले बडिमालिका खबरलाइ बताएकि छन् । हाम्रो पनि अस्पातल बनाउने लक्ष्य थियो, सरकारले नै निर्णय गर्दा निकै सजिलो भएको खुशी हुदै रेग्मिले भनिन् । चाडै नै जग्गा खरिद गरि अस्पातल बनाउने प्रक्रियामा नगरपालिकाको तर्फ बाट काम अगाडी बढाउने वताईन् ।
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र अस्पातल बन्नेभएपछि बाजुराका ४ स्थानिय तह सहित हुम्ला, मुगु र कालिकोटका ५ स्थानिय तह गरी ९ वटा स्थानिय तहका बासिन्दालाइ सहयोग हुने भएको छ । अस्पातल बन्नु बाजुराका लागि मात्र नभई छिमेकी अन्य जिल्लाका लागि पनि ठुलो सहयोग हो, सामान्य सेवा लिन पनि जहाज चढनु पर्ने जिल्ला बाहिर जानुपर्ने बाध्यता टर्ने स्थानियले वताएका छन् । सामान्य उपचारका लागि अहिले नेपालगञ्ज, काठमाडौ जानुपर्ने बाध्यता रहदै आएको छ ।
मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको छ । त्यो निर्णयमा बाजुराको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र परेको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा विकास देवकोटाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच बर्षभित्र न्यूनतम १५ शैय्याको अस्पताल निर्माण गरीसक्ने वताएका छन् । स्तोरउन्नति हुने स्वास्थ्य संस्थामा कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने बताइएको छ । देशभरका अहिलेसम्म एक सय ९ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता छ ।

चर्चामा

सम्बन्धित समाचार