मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा फेरी हिमपात,जनजिवन कष्टकर बन्दै

बाजुरामा फेरी हिमपात,जनजिवन कष्टकर बन्दै

  • सोमवार, फाल्गुन १३, २०७५
बाजुरामा फेरी हिमपात,जनजिवन कष्टकर बन्दै

पदम सिंह
बाजुरा १३ फागुन
बाजुरामा फेरी हिमपात सुरु भएको छ । माघ सात गतेबाट सुरु भएको हिमपातसंगै भारी वर्षाले बाजुराली जनताको जनजीवन अस्तव्यस्त बनेको छ । माघ ७ गतेबाट बाजुराको उच्च हिमाली क्षेत्रमा हिउँ र बेशितिर वर्षा हुदै आएको छ विचमा छिटफुट पानि रोकीए पछि बादल बडारीएर चिसोले जनजीवन कष्टकर बनेको बडिमालिका नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
भारी वर्षाले बाजुराका ग्रामीण सडकहरु बन्द भएका छन् । हिमपात र अत्याधिक वर्षाले बाजुराका ग्रामीण सडकहरु अबरुद्ध भएका जय बालिका यातायात प्रा.लीका कर्मचारी चक्र बडुवालले बताए । यातायात बन्द हुदा कामको लागी सदरमुकाम आउने र जानेलाई समस्या भएको स्थानीयहरुले बताएका छन् । बढी जसो समस्या बिरामी बालबालिका र बृद्धबृद्धाहरुलाई भएको छ । पूर्वी उत्तरी क्षेत्रको कोल्टिमा रहेको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्र कोल्टिबाट रिफर गरेका बिरामीहरुले बढी समस्या भएको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले बताए ।
यातायात बन्द भएपछि ग्रामीण क्षेत्रमा दैनीक उपभोग्य सामानको अभाव हुन थालेको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले बताए । मार्तडी कोल्टि सडक खण्डको पोरखे लेकमा ४देखी ५ फिट हिउ जमेकोले माघ ७ गतेबाट यातायात रोकीएकोले ग्रामीण क्षेत्रमा दैनीक उपभोग्य सामानको समस्या भएको मल्लले बताए ।
विद्यालयको पढाई प्रभावीत
लगाताको हिमपात र वर्षाले हिमाली क्षेत्रका बिद्यालयमा बढाई अबरोध भएको छ । स्कुल संचालन त गरेको छु चिसोले बालबालिकाहरु पढ्नै नआउने आएकाहरुलाई पनि आगो बालेर तताउनु पर्ने अवस्था रहेको बडिमालिका नगरपालिका वडा नम्वर सातमा रहेको सरस्वती आधारभूत्त प्राभामिक विद्यालयका प्रधाना ध्यापक हस्तबहादुर धामीले बताए । बिद्यार्थिहरुको वर्षिक परिक्षा आउन एक महिना पनि बाँकी छैन स्कुलमा राम्रोसंग बढाई नभएको १ महिना ५ दिन भैसक्यो फेरी कति दिनसम्म बाधा हुने हो प्रधानाध्यापक धामीले बताए । जिल्लाका बडिमालिका, बुढिनन्दा नगरपालिका, हिमाली, स्वामीकार्तिक खापर, जगन्नथ, गौमूल, खप्तड छेडेदह गाउपालिकको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्थाहरु प्रभाबित भएका जिल्ला शिक्षा ईकाईले जानकारी दिएको छ ।
चोरी शिकारी बढ्दो
एक महिना ५ दिन देखीको हिमपातर वर्षाले बाजुरा जिल्लामा चारी सिकारी बढ्दो छ । फागुन १० गते त्रिबेणी नगरपालिकामा सिकार चारी सिकारी गर्ने जंगलमा २ जना बरुवा बन्दुस सहित जिल्ला बडिमालिका प्रहरी चौकीले पक्राउ ग¥यो । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका वडा नम्वर ७ का ३३ बर्षीया कृष्ण मिजार र सोही वडाका अन्दाजी १८ बर्षीया खडक अयडी रहको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । नगरपालिकाको वडा नम्बर ८ बाधापानी जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका ईन्सपेक्टर लोकेन्द्र सिहं गुरुले बताए । चौकी बाट गस्तीमा गएको प्रहरी टोलीले त्रिबेणी नगरपालिका स्थित चोरी शिकारी गरिरहेको अवस्थामा अवैध भरुवा एक बन्दुक सहीत पक्राउ गरेको ईन्सपेक्टर लोकेन्द्र सिहं गुरुले बताएका छन । चोरी सिकार गर्ने क्रममा मृग मारेको नभेटीएको तर बन्दुक भेटीएकोले हातहतियार खरखजना ऐन अनुसार कार्बाही गरीने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार