बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नैतिकता नभएका देउवाले राजनीतिबाट संन्यास लिए हुन्छ : शेखर कोइराला

नैतिकता नभएका देउवाले राजनीतिबाट संन्यास लिए हुन्छ : शेखर कोइराला

  • सोमवार, फाल्गुन १३, २०७५
नैतिकता नभएका देउवाले राजनीतिबाट संन्यास लिए हुन्छ : शेखर कोइराला

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता डा. शेखर कोइरालाको नामै लिएर विभिन्न टिप्पणी गरेपछि बहसको विषय बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार वीरगन्जमा दिएको अभिव्यक्तिलाई तत्कालीन आवेग नभई नेता शेखर कोइरालासँगको सुरुदेखिकै ’इगो’ का रूपमा लिइएको छ ।

देउवाले कांग्रेस कोइराला परिवारको बपौती होइन भन्ने अभिव्यक्ति दिएका थिए ।कोइराला परिवारमाथि खनिए पनि देउवाको अभिव्यक्ति शेखरप्रति लक्षित थियो । शेखरको नामै लिएर उनले विरोध गरेका थिए । यस विषयमा ऋषि धमलाले कोइरालासँग प्रतिक्रिया लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

महासमिति बैठकले दिएको म्याण्डेटअनुसार विधान संशोधनमा किन सहमति भएन ?

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति नभएर रोकिएको हो । उहाँहरुले सहमति गर्छौँ भन्नुभएको छ । केन्द्रिय समितिबाट पारित हुन समय लाग्दा । विधान जस्तो विषयमा सहमति जुटेकै राम्रो हुन्छ । तर सभापतिजीको बहुमत भएकाले सहमति नभए बहुमतले पार गरे भइहाल्छ नि ।

महासमिति बैठकको म्याण्डेटअनुसार नेतृत्व अघि बढेन भने के गर्नुहुन्छ ?

त्यो अवस्था आयो भने सोचौँला नि । महासमितिको म्याण्डेट नै नमानेपछि के गर्ने र ? हेरौँ न उहाँहरुले के गर्नुहुन्छ ।

कांग्रेस कमजोर बन्दै गएको छ । किन सुधार भएन ?

कांग्रेस कमजोर भएको कुरामा त दुई मत नै भएन । सुधार गर्ने काम त नेतृत्वको हो । पदाधिकारीहरुले गर्नुपर्यो । म त केन्द्रिय सदस्य मात्रै हुँ ।

तपाई र सभापति शेरबहादुरजीबीच किन विवाद भयो ?

मलाई यो विषयमा थाहा छैन । म त राजनीतिक संस्कार बोकेको परिवारको मानिस हुँ । म विवादित कुराहरु बोल्दिन । सभापतिजीले किन त्यस्तो भन्नुभयो त्यो म जान्दिन । ममाथि उहाँ किन खनिनुभयो त्यो उहाँलाई नै सोध्नुस् ।

तपाई, शशांक र सुजाताले एउटै माला लगाइसकेपछि देउवाको कोइराला परिवारविरुद्धमा जस्तो देखिने अभिव्यक्ति आयो । अब तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ ?

म एउटा राजनीतिक परिवारबाट आएको व्यक्ति, मसँग संस्कार र नैतिकता छ । राजनीतिमा संस्कार र नैतिकता नभएको व्यक्तिले राजनीति नगरे हुन्छ । नैतिकता र संस्कारबिना राजनीति हुँदैन । उहाँले किन त्यस्ता कुरा गर्नुभयो, त्यो विषयमा उहाँलाई नै सोध्नुस् । मेरो संस्कारले कसैलाई केही भन्न दिदैन । उहाँको संस्कार त्यही होला । बोल्न दिनुस् ।

देउवासँग तपाईको व्यक्तिगत सम्बन्ध कस्तो छ ?

उहाँ आदरणीय सभापति हुनुहुन्छ । व्यक्तिगत रुपमा कुनै समस्या छैन । उहाँले किन त्यस्तो भन्नुभयो ? म केही जान्दिन ।

अनलाइन पानाबाट शाभार

चर्चामा

सम्बन्धित समाचार