सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • श्रीदेवीको सारी लिलामीमा

श्रीदेवीको सारी लिलामीमा

  • सोमवार, फाल्गुन १३, २०७५
श्रीदेवीको सारी लिलामीमा

गत २४ फेब्रुअरीमा बलिउड अभिनेत्री श्रीदेवीको निधन भयो । दुबईको एक होटेलमा उनको मृत्यु भएको थियो । उनको मृत्यु भएको एक वर्ष हुन लागेको छ । श्रीमतीको सम्झनामा उनका श्रीमान् बोनी कपुरले श्रीदेवीको सारी लिलामीमा राख्ने घोषणा गरेका छन् । उनले प्राप्त पैसा दान दिने घोषणा पनि गरेका छन् ।  मिडियाका अनुसार श्रीदेवीको यो ‘कोटा सारी’ हो । यो सारीलाई अनलाइनमार्फत लिलामीका लागि आह्वान गरिएको छ । पारिसेना नामको वेबसाइटमा यो सारी उपलब्ध हुनेछ । त्यहीँ बोलकबोल गरेर सारी खरिद गर्न सकिनेछ । लिलामीको सुरुवाती मूल्य ४० हजार भारतीय रुपैयाँ राखिएको छ । अहिलेसम्म एक लाख २५ हजारसम्म बोली लागेको छ ।

वेबसाइटमा लेखिएको छ, ‘श्रीदेवीको सिक्स यार्ड सारीले इन्डियन रुटको याद दिलाउँछ । साउथ इन्डियामा जन्मिएकी श्रीदेवीको यो सारी उनको पहिचान बनेको थियो ।’ यस सारीबाट प्राप्त पैसा कन्सर्न इन्डिया फाउन्डेसनमा जानेछ । त्यसलाई सामाजिक कामका लागि खर्च गर्ने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार