बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • २०७५ साल फाल्गुन १३ गते सोमबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

२०७५ साल फाल्गुन १३ गते सोमबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

  • सोमवार, फाल्गुन १३, २०७५
२०७५ साल फाल्गुन १३ गते सोमबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

मेषः– समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ । समयमा गरेका काम भने सफल हुनेछन् । अरुबाट धेरै सहयोगको अपेक्षा नराख्नु होला । भोग विलासिता तिर बढि मन जानेछ ।
वृषः– व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आम्दानीका स्रोत बढ्ने छन् । नया कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तजनबाट सहयोग पाईनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ ।
मिथुनः– समयमा गर्न सकिएन भने काममा अरुले अधिकार जमाउने छन् । आर्थिक कारोवारमा समस्या आउन सक्छ । मन अस्थिर हुनेछ । कार्य लगनशिलता बढाउनु होला अरुको काम गरेर केहि फाइदा हुने छैन ।
कर्कटः– काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । घरका कुराले मन दिक्क हुनेछ । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।
सिंहः–समयमा गरेका काम सम्पन्न हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अरुबाट सहयोगको आशा धेरै नराख्नु होला । काममा विलम्ब गर्दा समस्या बल्झिने छन् । बन्धुको सहयोग मिल्नेछ ।
कन्याः– धनका कुराले बढि पिरोल्नेछ । कार्य लगनशिलता बढाउनु होला । भ्रमबाट मुक्त भई काम गर्नु होला । घरका समस्या मिलाउन समय लाग्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।
तुलाः– वैदेशिक कार्य योजना अगाडि बढ्ने छन् । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । काम गर्ने उत्साहा घट्ने छैन । आन्तरिक विषय बस्तु मिलाउनु होला ।
वृश्चिकः–हेलचक्र्याई नगर्नु होला र समयको महत्वलाई नविर्सिनु होला । विवादबाट टाढा बस्नु होला । खर्चलाई कम गर्ने प्रयत्न गर्नु होला । व्यापार व्यवसायबाट आम्दानी खर्च बरावरै जस्तो हुनेछ ।
धनुः– समयमा प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । कुनै काम गर्नुछ भने समयमा नै गर्नु होला । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । सामान्य सहयोग मिल्नेछ ।
मकर

मकरः–परिस्थितिले साथ दिनेछ । विरोधी कमजोर बन्ने छन् । सहज र सरल तरिकाले काम बन्ने छन् । गरेका कामबाट उपलब्धि राम्रै हात लाग्नेछ । नयाँ नयाँ काम हुनेछन् । इष्टमित्र साथी भाईको सहयोग पाईनेछ ।
कुम्भः– विना सोच विचार गरेका कामबाट नोक्सानी हुनेछ । दैनिक काम काजमा सामान्य प्रगति हुनेछ । आफ्ना काममा भन्दा अरुका काममा बढि चासो दिदा कुनै फाइदा हुने छैन । आम्दानी खर्च बराबरै होला ।

मिनः– सहज वातावरणमा आज पनि काम गर्न पाईने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ,सर्तक रहनु होला । सन्तानको बारेमा बढि चिन्ता हुनेछ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । स्वास्थ्य कमजोर बन्नेछ ।

चर्चामा

सम्बन्धित समाचार