शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • एक दर्जन राष्ट्रिय कलाकारहरु बाजुरा आउँदै

एक दर्जन राष्ट्रिय कलाकारहरु बाजुरा आउँदै

  • आइतवार, फाल्गुन १२, २०७५
एक दर्जन राष्ट्रिय कलाकारहरु बाजुरा आउँदै

मदन वि.क.
बाजुरा १२ फागुन
बाजुराको सदरमुकाम मार्तडीमा हुन लागेको प्रथम बडीमालिका साँस्कृतिक कार्यक्रममा बाजुराबासीलाई मनोरन्जन दिन एक दर्जन राष्ट्रिय कलाकारहरु बाजुरा आउने भएका छन् ।
बाजुराको कला संस्कृतिको जगेर्ना, पर्यटन प्रर्वद्धन गर्नका लागि बडीमालिका साँस्कृतिक कला केन्द्र मार्तडी बाजुराको आयोजना र ब्राण्डरुट ईन्टरटेनमेन्ट प्रालि तथा वान.वे फिल्मस प्रालि काठमाण्डौंको सह– आयोजनामा यही फागनु २३, २४ र २५ गते सदरमुकाम मार्तडीमा प्रथम बडीमालिका साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
कार्यक्रममा नेपालकै चर्चित कलाकारहरु गायक टंक बुढाथोकी, दुर्गेश थापा, मेक्सम खाती, गोपाल नेपाल जिएम, टंक तिमिल्सेना, प्रमोद डिजि, अशोक दर्जी, ए.आर बुढाथोकी, मधुसुदन डाँगी, सुनिल विसि, गायिका अमृता लामिछाने, मोडल पुजन घिमिरे, देब गुुरुङ्ग, विनु साक्यका साथै स्थानीय कलाकारहरु प्रकाश थापा, नरबहादुर विश्वकर्मा चर्चित डान्सर राजेश पायल वि.क. र निशान्त रोकाया लगायतको साँस्कृतिक प्रस्तुति र बाजुराका स्थानीयहरुले भोटे सेलो, भुवा चाली, देउडागीत, अनन्ते लगायत साँस्कृतिक झाँकीहरु कार्यक्रममा प्रस्तुती गरिने बडीमालिका साँस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर वि.क.ले बताएका छन् ।
कार्यक्रमको व्यापक तयारी गरिदै ।
सदरमुकाम मार्तडीमा यही फागुन २३, २४ र २५ गते हुन लागेको प्रथम बडीमालिका साँस्कृतिक महोत्सबको तयारी तिव्र पारिएको आयोजकले बताएको छ ।
साँस्कृतिक कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि विभिन्न उप–समितिहरु गठन गरिएका छन । जसमा प्रचार प्रसार उप–समिति संयोजकमा मदन वि.कको नेतृत्वमा निसान्त रोकाया, राजेश पायल वि.क सहित १० जनाको प्रचार प्रसार टोली जिल्ला भरि परिचालन हुने भएको छ ।
त्यस्तै कार्यक्रम स्थल व्यवस्थापनका लागि नरबहादुर विश्वकर्माको नेतृत्वमा उपसमिति गठन गरिएको छ । त्यस्तै कार्यक्रमको समन्वयका लागि उपसमितिमा धनबहादुर विकको नेतृत्वमा १० जनाका टोली परिचालन गरिने महोत्सवका कार्यक्रम संयोजक तपेश जोनले बताएका छन् ।
गठन भएका विभिन्न उपसमितिहरुले विहिबारबाट महोत्सवको तयारीका लागि ब्यानर ,पोस्टर, होडिंगबोर्ड, प्रवेश द्वार लगायत स्थानीय रेडियोमा तथा रोड शो सहितका प्रचार (प्रसारलाई तिब्रता दिदै स्टेज निर्माण, साउण्ड सर्भिस लगायतको कार्य गर्ने तयारी भएको आयोजकले बताएको छ ।

याे समाचार कपी गर्न पाइने छैन

चर्चामा

सम्बन्धित समाचार