शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • जानी–नजानीको ट्रेलर सार्वजनिक

जानी–नजानीको ट्रेलर सार्वजनिक

  • शनिबार, फाल्गुन ११, २०७५
जानी–नजानीको ट्रेलर सार्वजनिक

वसन्त अधिकारीको डेब्यु निर्देशकीय फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक गरिएको छ । १ चैतमा प्रदर्शन हुने फिल्मको शुक्रबार काठमाडौंमा प्रेसमिट गरी ट्रेलर प्रदर्शन गरिएको हो । ट्रेलरमा मनीष श्रेष्ठ र निरिशा बस्नेतबीचको प्रेम सम्बन्धको उतारचढाव देखाइएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मा सन्नी सिंह र नम्रता श्रेष्ठ पनि प्रमुख भूमिकामा छन् । लामो समयदेखि मुख्य सहायक निर्देशकको रूपमा काम गर्दाको अनुभव समेटेर स्तरीय फिल्म बनाएको दाबी अधिकारीको छ ।

‘जानी नजानी’ मा आफूले सक्दो राम्रो काम गरेको अभिनेता मनीष श्रेष्ठको भनाइ छ । अभिनेत्री निरिशा बस्नेतले आफ्नो पहिलो फिल्म भएकाले निकै उत्साहित रहेको बताइन् ।

फिल्मकी प्रस्तुतकर्ता रोशनी केसीले मनोरञ्जनसँगै दर्शकले सन्देश पाउने बताउँछिन् । स्वदेशका विभिन्न पर्यटकीय स्थलका साथै भारतको मनालीमा छायांकन गरिएकाले पनि फिल्ममा प्रत्येक दृश्य आकर्षक देखिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार