शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानको भारतविरुद्ध युद्धको तयारी सुरु,अस्पताललाई ‘स्ट्याण्डबाइ’ रहन दियो निर्देशन

पाकिस्तानको भारतविरुद्ध युद्धको तयारी सुरु,अस्पताललाई ‘स्ट्याण्डबाइ’ रहन दियो निर्देशन

  • शनिबार, फाल्गुन ११, २०७५
पाकिस्तानको भारतविरुद्ध युद्धको तयारी सुरु,अस्पताललाई ‘स्ट्याण्डबाइ’ रहन दियो निर्देशन

भारतको निरन्तर आरोपपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको छ । सीमामा तैनाथ सैनिनकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको रिपोर्टमा जनाइएको छ ।

अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ । रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलोचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर (पिओके)को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ ।

पाकिस्तानी सैनिक हेटक्वार्टर क्वेटा बेस लजिस्टिक्स एरियाबाट अस्पतालहरुलाई २० फेब्रुअरीमा पठाइएको एक आदेशमा भारतसँग युद्ध हुने स्थितिमा मेडिकल सपोर्ट तयार राख्न निर्देशन दिइएको छ ।

आदेशमा भनिएको छ ‘हामीलाई विश्वास छ, पूर्वी मोर्चामा आपतकालीन युद्धको अवस्थामा घाइते जवानहरुलाई सिंध र पंजाबका सिभिल र मिलिट्री अस्पतालबाट मेडिकल सहायता दिइनेछ । सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलोचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ । सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ ।

बिहीबार पिओके सरकारले नीलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखा (एलओसी)सँग जोडिएका षेत्रमा बस्ने नागरिकलाई एडभाइजरी जारी गरेको छ । युद्धको स्थितिमा तयार रहन नागरिकलाई भनिएको छ । पीओके सरकारले नागरिकलाई युद्धको स्थितिमा सुरक्षित बाटोबाट आवतजावत गर्न भनेको छ । एलओसीको नजिकका नागरिकलाई बंकर नबनाएको भए बाउन भनिएको छ । नागरिकलाई रातको समयमा अनावश्यक रुपमा बत्त िनबाल्न र एलओसीको नजिक नजान भनिएको छ ।

चर्चामा

सम्बन्धित समाचार