बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • निकै खुशीको खबर, नेपालले मर्यो अर्को फड्को : नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी, यसरी हुँदैछ कामकार्य (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

निकै खुशीको खबर, नेपालले मर्यो अर्को फड्को : नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी, यसरी हुँदैछ कामकार्य (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • शनिबार, फाल्गुन ११, २०७५
निकै खुशीको खबर, नेपालले मर्यो अर्को फड्को : नेपालको स्याटालाइट अन्तरिक्षमा पठाउने तयारी, यसरी हुँदैछ कामकार्य (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

फागुन ११, काठमाडौं । सन् १९५७ मा सोभियत संघले पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो ।

त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदै छ । जापानमा अध्ययनरत नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले बनाएको ‘नेपाली स्याटलाइट–१’ लाई अमेरिकाको एक निजी अन्तरिक्ष कम्पनीले ४ वैशाखमा प्रक्षेपण गर्दै छ ।

यसको निर्माण र प्रक्षेपणमा नेपालले झन्डै दुई करोड रुपैयाँ खर्चेको छ । स्याटलाइटले अन्तरिक्षबाट पठाएको तस्बिरका आधारमा जलवायु परिवर्तन तथा मौसम र विपद्सम्बन्धी पूर्वजानकारी पाइनेछ ।

प्रक्षेपण गर्ने अमेरिकी कम्पनी
जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले करिब डेढ वर्ष लगाएर नानो स्याटलाइट तयार गरेका हुन् । एक किलो तीन सय ग्राम तौल रहेको स्याटलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठका अनुसार यसलाई बनाउन नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । २८ असोज ०७४ मा अर्थमन्त्रीस्तरीय निर्णयबाट नास्टले जापानी विश्वविद्यालयसँग भूउपग्रह निर्माणका लागि सम्झौता गरेको थियो ।

नेपाल, श्रीलंका र भुटानको गरी तीनवटा भूउपग्रहको प्रक्षेपण अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले एकैपटक गर्ने भएको छ । सो कम्पनीसँग प्रक्षेपणका लागि सम्झौता भई स्याटलाइटसमेत हस्तान्तरण भइसकेको उपकुलपति श्रेष्ठले बताए ।

उनका अनुसार सो कम्पनीको सिग्नस रकेटले स्याटलाइट उडाउनेछ । अन्तरिक्षमा पुगेपछि एक महिनाको अवधिसम्म इन्टरनेसनल स्पेस स्टेसनमा स्याटलाइटको पुनः परीक्षण हुनेछ ।

त्यसपछि मात्रै स्पेस स्टेसनबाट तिनलाई पृथ्वीको कक्षमा छाडिनेछ । र, तिनले तथ्यांक पठाउन सुरु गर्नेछन् । यो समाचार नयाँ पत्रिकामा प्रकाश धौलाकोटीले लेखेका छन् ।

दैनीक खवरबाट

चर्चामा

सम्बन्धित समाचार