शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • डीपीएलको उपाधिका लागि सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड आज भिड्दै

डीपीएलको उपाधिका लागि सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड आज भिड्दै

  • शनिबार, फाल्गुन ११, २०७५
डीपीएलको उपाधिका लागि सीवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड आज भिड्दै

धनगढी, फागुन ११ । डीपीएलको उपाधिका लागि आज दिउँसो १ बजे सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाइटेड भिड्ने भएका छन् । काठमाडौं गोल्डेन्सले डीपीएलको सेमीफाइनल खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरीयासंग स्वतः भेट्ने अवसर पाएको हो ।

फाइनलका लागि तयारी अवस्थामा रहेको बताउने दुबै टीमका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् । सात अंक सहित डीपीएलको दोस्रो स्थानमा रहेको काठमाण्डौंले आफ्नो खेलाडीलाई कारबाही गरेको भन्दै शुक्रबार हुने दोस्रो क्वालिफायर खेल बहिस्कार ग¥यो ।

त्यसको फाइदा भने महेन्द्रनगर युनाइटेडले उठाएको छ । दोस्रो क्वालिफाएरमा काठ्माण्डौंसंग भिड्ने तयारीमा रहेको तेस्रो स्थानको महेन्द्रगर खेलनै नखेलर फाइनल प्रवेश गरेको हो । आफ्नो टीमको प्रदर्शन रामै्र रहेको बताउने महेन्द्रनगरका कप्तान शरद भेषावकरले डीपीएलको उपाधि उचल्ने दाबी गरे ।

अंक तालिकाको शीर्षस्थानमा रहेको सीवाइसी अत्तरीयामा पनि उपाधि उचाल्ने दाउमा छ । शुरुवातबाटै राम्रो प्रदर्शन गरको आफ्नो टीमले फाइनलमा पनि त्यहीँ राम्राकुराहरुलाई पच्छयाउँदै उपाधि उचाल्ने टीमका कप्तान दिपेन्द्र सिंह ऐरीले बताए ।

डीपीएलको विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउँनेछन् । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिईने छ ।

पहिलो संस्करणको डीपीएलको बजेट १ करोड ८२ लाख थियो भने कुल पुरस्कार २८ लाख ५० हजार रुपैया थियो । यस्तै दोस्रो संस्करण तीन करोडको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाख सहित कुल ५० लाख पुस्कार प्रदान गरिएको थियो ।

State Seven Online Media

चर्चामा

सम्बन्धित समाचार