शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ब्रेकिङ : बिस्फोटमा परेका एकको मृत्यु

ब्रेकिङ : बिस्फोटमा परेका एकको मृत्यु

  • शनिबार, फाल्गुन ११, २०७५
ब्रेकिङ : बिस्फोटमा परेका एकको मृत्यु

काठमाडाैं – शुक्रबार राती ललितपुर जिल्लाको नख्खुस्थित एनसेल प्रा.लि.को गेटमा बम विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भैसकेको जानकारी प्राप्त भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । श्रेष्ठलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो । शुक्रबार राति बम बिष्फोट हुँदा श्रेष्ठसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ । उनीहरुमध्ये एकजनाको अवस्था गम्भीर छ ।

विष्फोटमा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएकाले प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको छ । एनसेलको गेटमा राखिएको सिसिटिभी फुटेज हेर्दा सुरक्षा गार्डको भूमिका शंकास्पद देखिएको हो । घटना अनुसन्धानका लागि केही व्यक्तिहरुलाई नियन्त्रणमा समेत लिइएको प्रहरीले जनाएको छ ।

विष्फोटलगत्तै घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरु पुगेका थिए । बिष्फोट भएपछि प्रहरीले सुरक्षा सतर्कता बढाइएको छ । शुक्रबार राति नै कमलपोखरीको आँगन मिठाई पसल अगाडि भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

चर्चामा

सम्बन्धित समाचार