बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • काठमाडौंमा बम आतंक भएपछि नेपाली सेना पिरिचालन…

काठमाडौंमा बम आतंक भएपछि नेपाली सेना पिरिचालन…

  • शुक्रबार, फाल्गुन १०, २०७५
काठमाडौंमा बम आतंक भएपछि नेपाली सेना पिरिचालन…

नख्खुस्थित एनसेल टावर नजिकै बम विस्फोट भएको केही समयपछि काठमाडौंको नक्सालस्थित आँगन मिठाई पसलमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मिठाइ पसलभित्र प्रेसर कुकर बमजस्तो देखि शंकास्पद बस्तु फेला परेको हो ।प्रहरीले शंकास्पद बस्तु फेला परेपछि मिठाइ पसल खाली गरेर पहरा दिइरहेको छ ।शंकास्पद बस्तु डिस्पोजका लागि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गइसकेको प्रहरीले जनाएको छ ।
राजधानीमा एकाएक बम फेला परेपछि स्थानीय त्रसित बनेका छन् । सो बम कसले राखेको हो भन्नेबारे प्रहरीले खोजी भइरहेको जनाएको छ ।

ललितपुरको नख्खुस्थित एनसेल कार्यालयअगाडि शक्तिशाली वम विस्फोट भएको छ । विस्फोटमा तीनजना घाइते भएका छन् । विस्फोटबाट नजिकै रहेको घरका सिसा फुटेका छन् ।घाइतेहरूको मेडिसिटी अस्पताल, बी एन्ड बी र अल्का अस्पतालमा उपचार भइरहेको डीएसपी अपिलराज बोहराले जानकारी दिए । विस्फोट भएलगत्तै एसएसपी रविन्द्र धानुकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।विस्फोट कसले गराएको भन्नेबारे थाहा भइनसकेको डीएसपी बोहोराले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ काठमाडौँको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र बम फेला परेको छ ।पसलको टेबलमाथि खरानी कलरको ब्यागमा प्रेसर कुकर बम फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाली सेनाको टोली पुगेर बम डिस्पोज गर्ने प्रयास भइरहेको छ

र याे पनि : ।काठमाडौं । बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा एक जना बालकको रहस्यमय मृत्यु भएको छ ।

मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय समुन्द्र मल्लको मृत्यु भएको हो ।शिक्षकहरुका अनुसार कक्षा २ मा अध्ययरत उनी सोमबार अपरान्ह होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।‘कोठामा रहेको दुई तले खाटको माथिल्लो पट्टी रहेको फलाममा सलले झुण्डिएको अवस्थामा हामीले देखेका हौं’, एक शिक्षकलाई उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘लगत्तै, सलबाट निकालेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगेका थियौं ।’तर, त्यसबेलासम्म प्रहरीको कुनै पनि युनिटमा खबर भएको थिएन । एकैपटक हस्पिटल पुर्‍याएपछि मात्रै प्रहरीले खबर पाएको हो । कक्षा २ मा पढ्ने विद्यार्थीले आत्महत्या गरेको शिक्षालयले दाबी गरे पनि स्थानीयले घटना रहस्यमय भएको बताउँछन् ।प्रहरीले पनि हालसम्म बालकले आत्महत्या गर्नुको कारण पत्ता लगाएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फणीन्द्र प्रसाईं घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँछन् । उनले घटनाबारे प्रहरीलाई ढिला गरी सूचना आएको स्वीकारे ।सोमबार दिउँसो ती बालक टाउको दुख्यो भनेर कक्षाबाट निस्किएको शिक्षकहरुको दाबी छ ।

चर्चामा

सम्बन्धित समाचार