शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • अन्तरिक्षमा नेपालको आफ्नै पहिलो स्याटेलाइट

अन्तरिक्षमा नेपालको आफ्नै पहिलो स्याटेलाइट

  • शुक्रबार, फाल्गुन १०, २०७५
अन्तरिक्षमा नेपालको आफ्नै पहिलो स्याटेलाइट

काठमाडौं, फागुन १०

दुई महिनापछि वैशाखदेखि अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट हुने भएको छ । नेपाली युवा वैज्ञानिक आभास मास्केको संलग्नतामा जापानमा बन्दैगरेको पहिलो नेपाली स्याटेलाइट ‘नेपाली स्याट–वान’ वैशाख ४ गते अमेरिकाबाट प्रक्षेपण गरिने कार्यक्रम छ ।

स्याटेलाइटको तौल भने जम्मा एक किलो मात्र हुने छ । यसले चार सय किलोमिटरको उचाइबाट तस्बिर खिचेर पानीको सतह, तापक्रम, आर्द्रता, माटोको उष्णता लगायतका सूचनाहरू खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पठाउने छ ।

उक्त स्याटेलाइटबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नानो–स्याटेलाइटले तुरुन्तै चमत्कार गर्ने होइन तर भविष्यका लागि जग हालियो । सत्तासिन हुँदा गरेको सानो पहलले मूर्त रूप लिएको देख्दा खुशी छु ।’

स्याटेलाइट प्रक्षेपणलाई एनजी–इलेभेन नाम दिइएको छ । अमेरिकाको अन्टारिज रकेटले जापान, श्रीलंका र नेपालका तीन स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गर्नेछ ।

चर्चामा

सम्बन्धित समाचार