बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमपातले एक महिनादेखी सडक अवरुद्ध

हिमपातले एक महिनादेखी सडक अवरुद्ध

  • शुक्रबार, फाल्गुन १०, २०७५
हिमपातले एक महिनादेखी सडक अवरुद्ध

बडीमालिका सम्बांदाता
बाजुरा १० फागुन
लगातारको हिमपात र पानीका कारण एक महिनादेखी मार्तडी कोल्टी सडक अबरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव का साथै आवत जावतमा समेत समस्या भएको हो ।
गत माघ ७ गतेदेखि लगातार परेको हिमपातले जिल्लाको कोल्टी बजार लगायत पुर्वीउत्तर क्षेत्रका नगरपालिका र गाउँपालिकामा समेत दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको स्थानियले बताएका छन । मार्तडी कोल्टी सडक खण्ड अन्तरगत पोरखे लेखमा हिउँ जमेपछी सडक अबरुद्ध हुदा आवत जावत गर्न समस्या भएको स्थानियले बताएका छन । सडक अवरुद्ध हुँदा सामान ढुवानी गर्न नसकिने भएकाले दैनिक उपभोग्य बस्तुको अभाव भएको कोल्टीका स्थनीय ब्यापारीहरुले बताएका छन ।
हिमपातले अबरुद्ध बनेको सडक खुलाउन हाल कुनै निकायबाट पहल नभएको बताईएको छ । सडक अबरुद्ध हुदा बाजुराका १ नगरपालिका ३ गाउपालिकाका साथै छिमेकी जिल्ला हुम्ला र मुगुका मान्छेलाइ समेत समस्या भएको छ । माघ ७ गते देखी सडक अबरुद्ध भएको मार्तडी कोल्टी सडक अझै कती रोकीन्छ थाहा छैन ।
यता लगातारको हमिपातले जिल्लाको जनजिवन पनी अस्तब्यस्त बनेको छ । हिमपातका कारण बस्तुभाउलाई घाँसको समते समस्या भएको छ । रात दिन दाउरा बालेर बस्नुपरेको बडीमालिका नगरपालिका ७ ढम्कनेका स्थानिय रामबहादुर धामीले बताए । यता लगातारको हिमपात पानी र जाडोका कारण जिल्ला दर्जन बढी बिद्यालय समेत केही दिन बाहेक बन्द गर्नु परेको स्थानिय शिक्षकहरु बताउछन ।

चर्चामा

सम्बन्धित समाचार