• होमपेज
  • राजनीति
  • देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? हैसियत के छ ?’

देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? हैसियत के छ ?’

  • बिहिबार, फाल्गुन ९, २०७५
देउवाले भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? हैसियत के छ ?’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शेखर कोइरालाको हैसियत के छ भन्दै सार्वजनिक रूपमै प्रश्न गरेका छन् ।

बुधवार वीरगन्जमा पर्सा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवा कोइराला परिवार माथि खनिएको हो । पार्टी स्थापित गर्दा आफूहरूले टाउको फुटाउनु परेको सम्झना गर्दै त्यो बेला कोइराला परिवार कहाँ थिए भन्ने प्रश्न गर्दै देउवाले शेखर कोइरालाको नाम लिए नै भने, ‘त्यो शेखर जथाभाबी बोल्दै हिँड्ने ? हैसियत के छ ?’

काँग्रेसमा कोइराला परिवारका तीन सदस्य महामन्त्री शशांक र केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइराला एक भएका छन् । कोइराला परिवार एक भएर सभापतिमा एक जनाले उम्मेदवार दिने भनेपछि सभापति देउवा कोइराला परिवार माथि खनिएको छ । कार्यक्रममा बोल्दै देउवाले जथाभाबी बोल्दै हिँड्नु अनुशासनको उल्लंघन भएको भन्दै कारबाही गर्ने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेको देउवाले पार्टी कोइराला परिवारको बपौती नरहेको टिप्पणी समेत गरेका छन् । उनले भने, ‘केही दिन अरूले पार्टी चलाउँदा कोइराला परिवारले जभाभावी बोल्न थालेको छ । पार्टी कोइराला परिवारको बपौती हो ?’

चर्चामा

सम्बन्धित समाचार