शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • पत्रकार महासंघको विधान अधिवेशन आजदेखि पाेखरामा

पत्रकार महासंघको विधान अधिवेशन आजदेखि पाेखरामा

  • बिहिबार, फाल्गुन ९, २०७५
पत्रकार महासंघको विधान अधिवेशन आजदेखि पाेखरामा

पोखरा,  नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन आजदेखि शुरु हुदैछ । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा आज र भोलि पोखरामा साधारणसभा हुँदैछ ।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । बिहीबार साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा हुँदैछ । साधारणसभाको पूर्व सन्ध्यामा आज पोखरामा सृजनाचोकबाट नौमती बाजागाँजा सहित झाँकी प्रर्दशन गरिने भएको छ । कार्यक्रममा करिव १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । देश भरबाट १ हजार ४ सय केन्द्रीय सभासदहरु कार्यक्रममा सहभागी हुने बताइएको छ ।

अधिवेशनको लागि पोखरामा पर्यटकीय स्तरीय होटलका करिब ६ सय ५० रुममा व्यवस्थापन भइसकेको छ । कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गरेका छन् । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरिने महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले देश पुनः संरचनामा गएसंगै महासंघमा पनि पुनः संरचनाको खाका अधिवेसनले तयार गर्ने बताए ।

श्रमजीवी पत्रकारको मुद्धामा नझुक्ने उनको प्रतिबद्धता छ । श्रमजीवी ऐन कार्यान्वयन गराउने तर्फ उन्मुख भएको अध्यक्ष आचार्यले बताए । राज्यले संरक्षण नीति बनाउन अधिवेशनले शाखा बनाउने बताउँदै अध्यक्ष आचार्यले स्वरोजगार मुलक मिडिया बनाउने तर्फ उन्मुख हुने बताए । ‘प्रेस स्वतन्त्रता विरोधी कानुन बनेमा संघर्ष गर्ने छौं,’ उनले भने, ‘पत्रकारले आन्तरिक रुपमा पश्केका समाचार सामग्रीको बारेमा स्वयम नियमन आफै गर्ने गर्नुपर्छ ।’ अरुले हस्तक्षेप गर्न नपाउने गरी महासंघको संस्थागत विकास र शाखा बजमुद पार्न खाका तयार गर्ने लगायतका योजना बनाउने उनले बताए ।

अधिवेशनले निर्वाचन प्रणाली मार्फत एकै दिनमा जिल्ला, प्रदेश, केन्द्रीय अधिवेशन हुने गरी अधिवेशनको मुख्य मुद्धा रहने भएको छ । कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने बताइएको छ ।

रेडीयाे पिहचान बाट

चर्चामा

सम्बन्धित समाचार