शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • मध्यपहाडी लोकमार्गको सुदूरपश्चिममा २० किलोमिटर कालोपत्रे हुन बाँकी

मध्यपहाडी लोकमार्गको सुदूरपश्चिममा २० किलोमिटर कालोपत्रे हुन बाँकी

  • बुधबार, फाल्गुन ८, २०७५
मध्यपहाडी लोकमार्गको सुदूरपश्चिममा २० किलोमिटर  कालोपत्रे हुन बाँकी

बडीमालिका सम्वादाता

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तरगत सुदूरपश्चिम प्रदेशमा १० बर्षमा सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ। बैतडीमा १४ र अछाम जिल्लामा ४० गरि ५६ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ भने अव झण्डै २० किलोमिटर मात्रै कालोपत्रे हुन बाँकी छ। मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए सम्वृद्धिको एउटा प्रमुख मेरुदण्ड बन्ने अपेक्षा गरिएको छ। एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुने भएकाले लोकमार्गको निर्माण सम्पन्न भए पहाडी क्षेत्रमा पनि समृद्धिको ढोका खुल्ने आशा गरिएको हो।

मध्यपहाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा पर्ने सडक खण्डको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको हो। २०७६ वैशाख १५ भित्रमा सक्ने गरी ठेक्का पाएकाले अहिले निर्माण व्यवसायीले पनि निर्माणको गतिलाई तिव्रता दिएका छन्। अछाम खण्डमा पर्ने ६० किलोमिटर सडकलाई ४ खण्डमा विभाजन गरेर काम अघि बढाइएकोमा अव २० कलिोमिटर मात्रै कालोपत्रे गर्न बाँकी रहेको मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका ईन्जिनियर तुलाराम शर्माले जानकारी दिए।

लोकमार्गको निर्माण २०६५ सालदेखि सुरु भए पनि विगतमा ठेकेदारको लापरबाहीका कारण लोकमार्गको काम अस्तव्यस्त झैं बनेको थियो। तर पछिल्लो समय आयोजनाको कामले तिव्रता लिएकाले तोकिएको अवधिभन्दा पहिले नै काम सम्पन्न हुने देखिको आयोजना कार्यालयले जनाएको छ। चैत भित्रै कालोपत्रे सक्ने लक्ष्य राखिएको छ भने कैलाशखोलादेखि विनायक जोड्ने पुल निर्माण गर्न डिपिआरको तयारी भईरहेको मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख नारायण न्यूरेले जानकारी दिए। मध्यपहाडी लोकमार्गले सुदूरपश्चिम प्रदेशमा बेलखेत, बिनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबांझ हुँदै झुलाघाट जोड्ने छ। मध्यपहाडी लोकमार्गले बैतडीको काम सम्पन्न गरिसकेको छ भने अछाम जिल्लामा पनि यहि बर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। डडेल्धुरा र डोटी जिल्लामा भने अहिलेकै राजमार्गहरुसंग मध्यपहाडी लोकमार्ग जोडिने छ। यद्यपी ती क्षेत्रमा पनि मध्यपहाडी लोकमार्गकै मापदण्डमा ल्याउनका लागि छलफल भने भईरहेको  मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख न्यूरेले बताए।

मध्यपहाडी लोकमार्गलाई पहाडी जिल्लाको समृद्धीको आधारका रुपमा हेरिदै आईएको छ। प्रदेश नम्वर ७ मा मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए, बाजुरा, अछाम र डोटीका केहि क्षेत्रका जनतालाई पुर्वको यात्रा गर्दा अहिलेको भन्दा झण्डै २ सय ४० किलोटिमरसम्म छोटो यात्रा गर्नुपर्ने छ। जस्ले समयको बचतसंगै थोरै खर्चमा पनि आवतजावत गर्न सकिने अछाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष चन्द्र ढुङगानाले बताए। पहाडी जिल्लामा आर्थिक गतिविधि सञ्चालनमा पनि टेवा पुग्ने अछाम उद्योग वाणिज्य संघका वर्तमान कार्यवहाक अध्यक्ष महेन्द्र वहादुर कठायतले बताए।
दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार